रारा जाने छोटो सडक निर्माण

खलङ्गा, रासस ।
खलङ्गाबजारदेखि मुगुको राराताल जाने छोटो सडक बनेपछि पर्यटकलाई यात्रा गर्न निकै सहज भएको छ ।
पहिले पर्यटक नाग्म, सिँजा क्षेत्र हँुदै राराताल जाने गर्दथे । पछिल्लो समयमा खलङ्गा बजारदेखि छोटो सडक निर्माण भएपछि आन्तरिक तथा बाह्य पर्यटकलाई सहज भएको छ ।
खलङ्गा बजारबाट पातारासी गाउँपालिको उर्थु, पटमारा हँुदै कनकासुन्दरीको न्याउरीघाट, चौथा, बुलबुले हँुदै राराताल जानेको लर्को लाग्ने गरेको छ । नाग्म गमगडी सडकभन्दा यो सडक झण्डै तीन घण्टा छिटो पुगिन्छ ।
कर्णाली प्रदेश सरकारबाट खलङ्गा बजारबाट रारा सडकको स्तरोन्नती भएकोले यात्रा गर्न सहज हुने गरेको हो । यो समयमा दैनिक दुई तीन गाडी पर्यटक ओहोरदोहार गर्छन् । कोरोना कहरले पर्यटक घटेका छन् ।
पातारासी गाउँपालिकाका जयबहादुर बुढा अहिले रारायात्राको लागि सहज भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“यो सडकबाट यात्रा गर्दा पाटनमा पर्यटकले रमाउन पाउँछन् । विभिन्न जडिबुटी, फुलसँग रमाउँछन् । यहाँका पाखापखेरामा पाल हालेर पर्यटक बस्छन् । निकै रमाइलो हुन्छ ।” खलङ्गा पुगेर छोटो सडक हुँदै रारा पुगेर सिँजा हँुदै नाग्मगमगडी सडकबाट फर्कने गरेको यहाँका स्थानीयवासी बताउँछन् ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया