पौडेल नेतृत्वमा एम्बुलेन्स चालक

समाधान संवाददाता
संयुक्त एम्बुलेन्स चालक संघ कास्कीको अध्यक्षमा होमनाथ पौडेल चयन भएका छन् ।
संघ कास्कीको शनिबार पोखरामा सम्पन्न दोस्रो अधिबेशनले पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
संघको उपाध्यक्ष अम्जद मियाँ, सचिवमा कुशल कुँवर र कोषाध्यक्षमा चित्रबहादुर थापा चयन भएका छन् । सदस्यमा बुद्धि पन्त, शिवकुमार श्रेष्ठ र कुलबहादुर गुरुङ चयन भए ।
केन्द्रीय प्रतिनिधिमा कास्कीबाट रामचन्द्र पहारीलाई छनोट गरिएको छ भने भेलाले केन्द्रीय सचिवालय सदस्यमा डिल्लीराम पौडेललाई मनोनीत गर्न केन्द्रीय अध्यक्षलाई आग्रह गर्ने निर्णय समेत गरेको नवनिर्वाचित अध्यक्ष पौडेलले जानकारी दिए ।
कार्यक्रममा केन्द्रीय महासचिव मुक्ति काफ्लेले अब देश भरिका एम्बुलेन्स चालक एक भएर आफ्नो हक र अधिकारका लागि लड्नुपर्ने बेला आएको भन्दै सबैलाई संगठित हुन आग्रह गरे ।
रामचन्द्र पहारीको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन डिल्लीराम पौडेलले गरेका थिए । कार्यक्रममा होमनाथ पौडेलले स्वागत गरेका थिए ।







पश्चिमाञ्चल माविमा लायन्स क्लबद्वारा ‘पिस पोस्टर कन्टेस्ट’
गण्डकी प्रदेश अन्तरगतका सहकारीबाट साढे ५ अर्ब हिनामिना
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
एनसेलमा ‘डेटासँगै जीवन बिमा’ योजना
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया