बहराइनबाट भट्टराई परिवारलाई सहयोग

समाधान संवाददाता २०७७ असोज १२ गते ९:२८

समाधान संवाददाता, पोखरा

रोजगारीको सिलसिलामा बहरानमा ज्यान गुमाएका स्याङ्जा जिल्ला चापाकोट नगरपालिका वडा नं ६ साँखर केलादीका अशोक भट्टराईको परिवारलाई सहयोग रकम हस्तान्तरण गरिएको छ ।

मृतक भट्टराईको परिवारलाई आर्थिक सहयोग गर्ने उद्देश्यले एनआरएन बहराइनका कोषाध्यक्ष तथा सह कोषाध्यक्ष क्रमशः रामपुर नगरपालिका पाल्पा वार्ड नंबर ५ का समाजसेवी विष्णु आचार्य र स्याङ्जा चापाकोट नगरपालिका ४ का समाजसेवी देब गिरिको सक्रियतामा संकलित रकम चापाकोट न पा ६ का पीडित परिवारलाई हस्तान्तरण गरिएको हो ।

Advertisement

आर्थिक संकलन र हस्तान्तरणमा एनआरएन बहराइन कार्यसमिति र त्यहाँस्थित सामाजिक अभियान्ता र समाजसेवीहरुको महत्वपूर्ण भूमिका थियो ।

स्वर्गीय भट्टराईको परिवारलाई वैदेशिक रोजगारमा कार्यरत नेपालीबाट संकलित ६० हजार चार सय ४५ रुपैयाँ सहयोग स्वरुप रकम पठाएको एनआरएन बहराइनका कोषाध्यक्ष विष्णु आचार्यले जानकारी दिए ।

Advertisement

सहयोग रकम चापाकोट नगरपालिका वडा नं ६ का अध्यक्ष एकदेव भट्टराईले स्वर्गीय भट्टराईको घरमै पुगेर उनका बुबा रविलाल भट्टराई र आमा लुकमाया भट्टराईलाई हस्तान्तरण गरिएको हो ।

रोजगारको सिलसिलामा बहराइनमा १६ महिनाअघि पुगेका भट्टराईको गत साउन ८ गते मृत्यु भएको थियो ।

उनको गत भदौ २८ गते शव नेपाल ल्याएर कालीगण्डकीमा वैदिक परम्परा अनुसार दाहसंस्कार गरिएको छ ।

वैदेशिक रोजगारमा रहेका नेपालीले दुखमा परेको भट्टराई परिवारमा सानो भएपनि रकम पठाएर सहयोग गरेकोमा अभियानमा संलग्न एनआरएन बहराइन तथा अन्य सबै सामाजिक अभियन्ता र सहयोगीलाई भट्टराई परिवारले धन्यवाद दिएको छ ।

तपाईको प्रतिक्रिया