पोखरा महानगरपालिकाको ‘मनोमानी’ प्रति ११ वडाध्यक्षको चिन्ता

समाधान संवाददाता, पोखरा
पोखरा महानगरपालिकामा कांग्रेसका तर्फबाट निर्वाचित ११ वडा अध्यक्षले महानगरपालिकामा भइरहेको पछिल्लो गतिविधिप्रति ध्यानाकर्षण भएको जनाएका छन् ।
महानगरपालिकाको आर्थिक प्रशासन, कर्मचारी व्यवस्थापन र सुशासनप्रति चिन्ता व्यक्त गर्दै पछिल्ला गतिविधिप्रति ध्यानाकर्षणभएको जनाएका हुन् ।
११ जना वडाध्यक्षहरुको तर्फबाट दलको नेता तथा सचेतक रामराज लामिछानेले आइतबार विज्ञप्ति जारी गरी महानगरपालिकामा आस्थाकै आधारमा राम्रो काम गर्ने कर्मचारी कारवाहीमा परेको र नराम्रो काम गर्ने
कर्मचारी संरक्षित बनेको उल्लेख गरेका छन् ।
विज्ञप्तिमा राजस्व शाखाका तत्कालीन प्रमुखबाट आर्थिक अनियमितता भएको विषयलाई उजागर गर्ने स्पष्ट र इमानदार लेखा प्रमुखलाई उल्टै स्पष्टीकरण सोधिएकोमा आपत्ति जनाउँदै आर्थिक अनियमितताको पनि उजागर हुने डरले अहिले लेखा प्रमुखलाई सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरिएकोमा निन्दा गरिएको छ ।
स्पष्टीकरण सोध्दा प्रमुख प्रशासकीय अधिकृतबाट सोध्नुपर्नेमा नियम विपरीत महानगर प्रमुखबाट सोधिनु आर्थिक अनियमितता ढाकछोप गर्न प्रपञ्च रचिएको पुष्टि भएको विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै, महानगरपालिकामा कर्मचारीहरुको व्यवस्थापन, योग्यता र क्षमताका आधारमा नभई राजनीतिक आस्थाका आधारमा गरिएकोप्रति ध्यानाकर्षण भएको जनाइएको छ ।
विज्ञप्तिमा विभिन्न कार्यक्रमका नाममा महानगरमा अस्थायी तथा करारमा भर्ना भएका प्राविधिक तथा अन्य कर्मचारीहरु विभिन्न शाखामा प्रमुखको जिम्मेवारीमा नै कार्यरत रहेको र अर्काेतिर आस्थाकै आधारमा स्थायी तथा वरिष्ठ कर्मचारीहरुलाई जिम्मेवारीबाट पन्छाउने गरिएको भन्दै निन्दा
गरिएको छ ।
पोखरा महानगरका वडामध्ये २, ३, ४, ६, ९, १०, ११, १२, २३, २७ र ३२ मा कांग्रेसबाट निर्वाचित वडाध्यक्ष छन् ।









फागुन २१ को चुनाव सर्दैन, सफल पार्ने उपाय खोजौँ : प्रधानमन्त्री कार्की
दलहरूलाई आयोगको २० बुँदे निर्देशन : प्रत्यक्षतर्फ एकतिहाइ महिला उम्मेदवार अनिवार्य
नवप्रवेशी कर्मचारीलाई सेवा प्रवेश तालिम
चर्को आवाज निकाल्ने बाइक चालक पक्राउ
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
तपाईको प्रतिक्रिया