पर्यटन दिवसमा नाट्टाको सहयोग

समाधान संवाददाता, पोखरा
विश्व पर्यटन दिवस अवसरमा नेपाल एसोसिएसन अफ ट्राभल एन्ड टुर एजेन्टस् (नाट्टा) गण्डकी प्रदेशले पोखरामा विभिन्न कार्यक्रम गरी पर्यटन दिवस मनाएको छ ।
कोरोना भाइरस महामारीको कारण पर्यटन क्षेत्र ठप्प भएको बेला पर्यटन बसपार्क र पर्यटन बोर्ड गण्डकी प्रदेश अगाडि धात धुनपानीसहितको ट्यांकी राखिएको नाट्टा गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देलले बताए ।
नाट्टा गण्डकीका पूर्व अध्यक्ष तथा काउन्सिलका संयोजक ओम पाण्डेले साबुनपानीले हात धोएर सो अभियान उद्घाटन गरेका थिए ।
कार्यक्रममा उनले पोखराबाट भित्रिने र बाहिरिने पर्यटकको लागि सो निकै उपयोगी हुने बताए ।
पोखरा भित्रिने र बाहिरिनेहरुका लागि सुरक्षा सतर्कताका लागि सो व्यवस्था गरिएको उनले बताए ।
नाट्टाले आइतबार नै सिटी टुर गाइड एसोसिएसन पोखरालाई १५ हजार नगद दिएको छ भने जिल्ला ट्राफिक कार्यालय कास्कीको भवन निर्माणका लागि ५० हजार रुपैयाँ भवन निर्माण समितिका अध्यक्ष दिलीप श्रेष्ठलाई हस्तान्तरण गरेको छ ।
कोरोना भाइरस संक्रमणका कारण लामो समयदेखि रोकिएका पर्यटक बस अब सञ्चालनमा आउने भएका छन् । अब दैनिक ४ वटा पर्यटन बस काठमाडौं, सुनौली जाने गरेको संस्थाका प्रथम उपाध्यक्ष हरिराम अधिकारीले बताए ।
यस अगाडि पोखराबाट दैनिक ३५ वटा पर्यटक बसहरु काठमाडौं, बेशिसहर, सुनौली, सौराहा जाने गरेका थिए ।
कोरोनाका कारण काठमाडौं बाहेक अन्य क्षेत्रमा पर्यटक बस जान नसकेको कोषाध्यक्ष राजेश पहारीले जानकारी दिए ।
पर्यटक बसअन्तर्गत ट्राभल क्षेत्रमा हाल ३ अर्बको लगानी रहेको व्यवसायीको दाबी छ ।









फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
चुनाव आउन ७२ दिन बाँकी : सरकारी तलब खाने र पीआरधारी समानुपातिक उम्मेदवार बन्न अयोग्य
प्रतिभा माविले जित्यो १८औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया