३ हप्तापछि संक्रमणमुक्त भए गण्डकी प्रहरी प्रमुख अर्याल

समाधान संवाददाता २०७७ असोज १२ गते १३:१५

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेशका प्रहरी प्रमुख डिआइजी घनश्याम अर्याल कोरोना संक्रमण मुक्त भएका छन् । २१ भदौमा कोरोना संक्रमण पुष्टि भएका उनको रिपोर्ट ३ हप्तापछि साेमबार नेगेटिभ आएको हो ।

आइतबार स्वाब परीक्षणका लागि पठाइएकोमा रिपोर्ट नेगेटिभ आएको प्रदेश प्रहरी कार्यालयका डिएसपी राजेन्द्रबाबु रेग्मीले जानकारी दिए ।

Advertisement

कोरोना संक्रमण पुष्टि भएका डिआइजी अर्याल संक्रमितको ट्रेसिङमा परेका थिए । ट्रेसिङमा परेपछि उनले १८ भदौमा स्वाब दिएका थिए ।

कोरोना पुष्टि भएपछि उनले होम आइसोलेसनबाटै प्रहरी कमाण्ड सम्हालेका थिए ।

Advertisement

गण्डकी प्रदेशमा सोमबार दिउँसो १२ बजेसम्म ३७ सय ९५ जनामा कोरोना पुष्टि भएको छ । तीमध्ये २६ सय ८९ जना संक्रमणमुक्त भएका छन् भने ३३ संक्रमितको मृत्यु भएको छ ।

कोरोनाबाट मृत्यु हुनेमा कास्कीका १०, गोरखा र नवलपुरका ६/६, तनहुँका ५, स्याङ्जाका ३, बागलुङ, म्याग्दी र लमजुङका १/१ जना छन् ।

तपाईको प्रतिक्रिया