गैसस मुस्ताङले बाँड्यो स्वास्थ्य सामग्री र फलफुल

समाधान संवाददाता २०७७ असोज १२ गते १३:३७

एसके थकाली
जोमसोम, १२ असोज

कारागारका कैदीबन्दी र जिल्ला अस्पताल जोमसोमका बिरामीलाई गैरसरकारी संस्था महासंघ मुस्ताङले स्वास्थ्य सामाग्री तथा फलफुल वितरण गरेको छ ।

महासंघ केन्द्रको आह्वानमा सामाजिक सेवा दिवस विभिन्न कार्यक्रम गरी मनाउने क्रममा मुस्ताङ शाखाका पदाधिकारीहरुले सोमबार स्वास्थ्य समाग्री तथा फलफुल वितरण गरेका हुन् ।

Advertisement

जिल्ला अस्पताल जोमसोमको इमर्जेन्सी वार्डमाका करिब १ दर्जन बिरामी र मुस्ताङ कारागारका ९ जना बन्दीलाई माक्स, स्यानिटाइजर, पन्जालगायतका स्वास्थ्य सामाग्रीसहित फलफुल वितरण गरिएको हो ।

गण्डकी प्रदेशमा सामाजिक सेवा दिवस सप्ताह मनाउने शिलशिलामा शाखाले बन्दी र बिरामीलाई यस प्रकारको सामान्य सहयोग गरेको गैसस मुस्ताङकी अध्यक्ष दुर्गादेवी रसाइलीले बताइन् ।

Advertisement

सहायक प्रजिअ जगदिश अर्यालको उपस्थितीमा अध्यक्ष रसाइलीले कारागारकी निमित्त प्रमुख सरिता परियारलाई ती सबै सामग्री हस्तान्तरण गरेकी थिइन् ।

सो अवसरमा सहायक प्रजिअ अर्यालले गैसस मुस्ताङ शाखाले बन्दीलाई स्वास्थ्य समाग्री र फलफुल वितरण महासंघलाई धन्यवाद दिए ।

कारागारकी निमित्त प्रमुख परियारले गैसस महासंघ शाखाले उपलब्ध गराएको सामाग्री कैदीबन्दीलाई वितरण गर्ने जनाइन् ।

तपाईको प्रतिक्रिया