निसानको गण्डकी धौलागिरि बिक्रेता इलाइट

समाधान संवाददाता २०७७ असोज १२ गते १९:३७

समाधान संवाददाता, पोखरा  

इलाइट मोटर्स प्रा.लि. उत्तमचोक पोखरा गण्डकी धौलागिरी क्षेत्रमा निसान गाडीको आधिकारिक बिक्रेता बनेको छ ।

नेपालका लागि आधिकारिक निसान बिक्रेता पायोनियर मोटोकर्प प्रा.लि.ले इलाइटलाई गण्डकी धौलागिरिको बिक्रेताका रुपमा चयन गरेको हो ।

Advertisement

इलाइट ड्याट्सन गाडीहरुको लागि गण्डकी धौलागिरी क्षेत्रको आधिकारिक बिक्रेता हो । पायोनियर मोटोकर्पले ड्याट्सन गाडीहरुको बिक्रेताका रुपमा इलाइटलाई रोजेको थियो ।

निसानको किक्स, नाभारा, एक्सट्रेल लगायतका गाडीहरु नेपाली बजारमा लोकप्रिय छन् ।

Advertisement

इलाइट मोटर्स प्रा.लि.का सञ्चालक गोपाल बरार निसान जस्तो स्थापित ब्राण्डसँग सहकार्य गर्न पाउँदा उत्साहित छन् ।

अटोमोबाइल व्यवसायमा पहिचान बनाउन सफल बरालले आफु निसान र ड्याट्सन जस्ता स्थापित कम्पनीको सहकार्यले आफूलाई थप प्रेरणा दिएको बताए ।

‘निसान जस्तो स्थापित ब्राण्डसँग सहकार्य गर्न पाउँदा उत्साहित छु, ड्याट्सन र निसानले थप प्रेरित गरेका छन्,’ बरालले भने ।

साथै इलाइटले चाडपर्व लक्षित गरेर आफ्ना ग्राहकका लागि अफरहरु पनि ल्याएको छ ।

तपाईको प्रतिक्रिया