जोमसोम अस्पतालमा बिरामी बढे

एसके थकाली, जोमसोम
मुस्ताङको जोमसोम अस्पतालमा उपचारमा आउने बिरामी संख्या ५० प्रतिशतको दरले बढेको छ ।
दिनहँु १२ जनाको दरले आउने गरेकोमा विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोभिड—१९को कहर तथा सडक अबरुद्ध भएको कारणले अस्पतालमा बिरामीको संख्या ५० प्रतिशतको दरले बढेको हो ।
अहिले १५शैयाको अस्पतालको ईमरजेन्सी वार्डमा विभिन्न रोगका १२ बिरामी भर्ना भएका छन् ।
तिमध्ये प्रसुती हुने महिलाको संख्या बढी छ । अस्पतालमा दम, सुगर, प्रेसर जस्ता दिर्घरोगका बिरामी भर्ना भएका छन् ।
अस्पतालको ओपीडी सेवामा दैनिक ३६ देखि ४८ जना विभिन्न रोगका बिरामी स्वास्थ्य परिक्षण गर्न आउने अस्पतालका निमित्त मेडिकल सपरिटेन्डेन्ट शिव भण्डारीले जानकारी दिए ।
‘अस्पतालमा दैनिक १२ जना उपचारका आउने गरेकोमा अहिले त्यसको अनुपातमा ५०को दरले बिरामी बढेका छन,’उनले भने, ‘ईमरजेन्सी कक्षको ३ कोठामा १५ बेडको व्यवस्था गरिएको छ, यहि अनुपातमा बिरामी बढे व्यवस्थापनमा समस्या पर्छ ।’ मौसम परिवर्तनका कारण पनि अस्पतालमा बिरामी बढेका छन ।
सरकारले असोज १ देखि हवाई तथा लामोदुरीका सवारी साधन चलाउने निर्णय गरेको छ । तर पोखरा जोमसोम हवाई सेवा सुरुवात हुन सकेको छैन ।
गतहप्ता म्याग्दी अन्नपूर्ण गाउँपालिका ३ रुप्से झरनाको बाढी र मुस्ताङ र म्याग्दीको सिमाना पहिरोले काभे्रभीरमा लगायतका स्थानमा सडक अबरुद्ध हुदाँ बेनी—जोमसोम यातायात सेवा बन्द रहेको छ ।
अस्पतालमा अहिले एक स्थायी र ४ करारका आठौ तहका चिकित्सक छन् । यस्तै अहेब २ र अनमीको संख्या २ जना कार्यरत छन् ।








१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया