अन्तत रद्द भयो यसपालिकाे पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मान

पाेखरा
घोषणा गरेको ४८ घन्टामै यो वर्षको पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मान रद्द गरिएको छ ।
खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले विवाद उत्पन्न भएपछि विज्ञप्ति निकालेर पुरस्कार रद्द भएको जनाएको छ ।
सम्मानित र पुरस्कृत दुवैले पुरस्कार अस्वीकार गर्ने बताएपछि प्रतिष्ठानको सोमबार बसेको आकस्मिक बैठकले पुरस्कार रद्द गर्ने निर्णय गरेको अध्यक्ष जीवा लामिछानेले जनाएका छन् ।
प्रतिष्ठानका अध्यक्ष लामिछानेले विज्ञप्ति निकालेर भनेका छन्– ‘यो वर्ष पुरस्कार घोषणा भएपछि केही विवाद र अहसज परिस्थिति सिर्जना भएको तथा सम्मानित र पुरस्कृत दुवै प्रतिभाले छुट्टाछुट्टै विज्ञप्ति निकाली पुरस्कार अस्वीकार गर्ने घोषणा गरेको असहज परिस्थितिमा उहाँहरुको इच्छालाई विनम्रतापूर्वक कदर गर्दै यस वर्ष अर्पण गरिने पूर्वघोषित सम्मान तथा पुरस्कारको घोषणा सोमबार बसेको प्रतिष्ठानको आकस्मिक बैठकले रद्द गर्ने निर्णय गरेको छ ।’
प्रतिष्ठानले सम्मानित र पुरस्कृत स्रस्टा, साहित्यप्रेमी, तथा शुभचिन्तकहरुसँग माफिसमेत मागेको छ ।
प्रतिष्ठानले २०६३ सालदेखि प्रत्येक वर्ष कृतिका लागि प्रदान गर्दैआएको पद्मश्री साहित्य पुरस्कार र २०६७ सालदेखि नियमित रूपमा प्रदान गर्दै आएको छ ।
यो वर्ष पद्मश्री साहित्य पुरस्कार सञ्जीव उप्रेतीको उपन्यास ‘हंस’ र पद्मश्री साधना सम्मान साहित्यकार मोदनाथ प्रश्रितलाई प्रदान गर्ने घोषणा गरेको थियो ।
त्यसपछि उप्रेतीले यौन उत्पीडनको आरोप लागेका प्रश्रितसँग एउटै मञ्चमा बसेर पुरस्कार नलिने बताएका थिए । त्यसपछि प्रश्रितले पनि विवादमा ल्याउन खोजिएको भन्दै तत्कालका लागि पुरस्कार नलिने बताएका थिए ।
प्रश्रितकै साथीकी छाेरी शारदा भुसालले लेखेकाे आत्मकथामा प्रश्रितमाथि याैन शाेषणकाे आराेप लगाएकी छन् । पुस्तक बजारमा आएका बेला चर्चामा आएकाे याे प्रसंग बीचमा सेलाएकाे भए पनि पुरस्कार र सम्मान घाेषणापछि फेरि ब्युँतिएकाे छ ।









एनपिएलः चार टोली च्याम्पियन बन्ने दौडमा
मानवसेवा आश्रमका २१ जिल्लामा ३० सेवा केन्द्र
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वअर्थमन्त्री महतसहित ५५ जनाविरुद्ध मुद्दा चल्ने
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
तपाईको प्रतिक्रिया