सुपर ओभरमा हार्‍याे मुम्बई इन्डियन

समाधान संवाददाता २०७७ असोज १३ गते ८:५१

एजेन्सी

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले मुम्बई इन्डियन्सलाई सुपर ओभरमा पराजित गरेको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले ३ विकेटको क्षतिमा २०१ रन बनाएको थियो । २०२ रनको विजय लक्ष्य पछ्याएको मुम्बईले ५ विकेटको क्षतिमा २०१ रन नै बनाएपछि खेल बराबरी भयो । आईपीएल इतिहासमा पहिलो पटक दुई सयभन्दा धेरै रन बनाएर पनि म्याच टाई भएको यो पहिलो पटक हो ।

Advertisement

दुवै टिमको स्कोर बराबर भएपछि खेल सुपर ओभरमा गएको थियो ।

म्याचको एक समय मुम्बई हार्लाजस्तो देखिएको थियो । टिमको १५ ओभरमा ४ विकेट गुम्दा ११२ रन थियो । मम्बईलाई जितका लागि ९० रन चाहिएको थियो । किरोन पोलार्ड १० र इशान किशन ६१ रन बनाएर क्रिजमा टिकीरहेका थिए । यहीँबाट दुवैले खेलमा बदलाव ल्याए । अन्तमा ५ ओभरमा ८९ रन बनाएपछि खेल बराबरी भयो ।

Advertisement

पोलार्डले २४ बलमा ६० रन र इशानले ५८ बलमा ९९ रन बनाए । दुवैले पाँचौं विकेटका लागि ११९ रनको पार्टनरसिप गरेका थिए ।

सुपर ओभरमा मुम्बईले बैंगलोरलाई ८ रनको लक्ष्य दिएको थियो । जसलाई विराट कोहली र एबी डिभिलयर्सले सजिलै लक्ष्य हासिल गरे ।

आईपीएलको यस सिजनमा यो दोस्रो सुपर ओभर हो । यसअघि दिल्ली क्यापिटल्सले किंग्स इलाभेन पन्जाबलाई सुपर ओभरमा हराएको थियो ।

तपाईको प्रतिक्रिया