सूर्य नेपालले शुक्लगण्डकीलाई एम्बुलेन्स दियाे
समाधान संवाददाता
२०७७ असोज १३ गते १६:०२

समाधान संवाददाता
तनहुँकाे शुक्लगण्डकीमा उद्याेग सञ्चालन गरेकाे सूर्य नेपाल प्रालिले साेही नगरपालिकालाई एउटा एम्बुलेन्स प्रदान गरेकाे छ ।
प्रालिले मंगलबार एक विज्ञप्ति जारी गर्दै नगरपालिकाबाट माग भए बमाेजिम कम्पनीले निशुल्क रुपमा एम्बुलेन्स उपलब्ध गराएकाे जनाएकाे छ ।
कम्पनीका व्यवस्थापक गाैतम यादवले जानकारी दिएअनुसार साे एम्बुलेन्स नगरपालिकालाई हस्तान्तरण गरिसकिएकाे छ ।
एम्बुलेन्स सञ्चालनकाे जिम्मेवारी दुलेगाैडास्थित खैरेनीटार स्वास्थ्य चाैकीलाई दिइएकाे छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया