७५ घरधुरीलाई स्वास्थ्य सामग्री वितरण

समाधान संवाददाता, पोखरा
नौलो घुम्ती नेपालले ४१ औं सामाजिक सेवा दिवसको अवसरमा पोखरा महानगरपालिका १७ प्रगतिटोलका ७५ घरधुरीलाई लक्षित गरी स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको छ । कार्यक्रममा कोभिड १९ बाट जोगिन अपनाउनु पर्ने स्वास्थ्य सचेतना र सरसफाईको बारेमा सहजीकरण समेत गरिएको थियो ।
गुड नेबर्स इन्टरनेशनलको आर्थिक सहयोग तथा पोखरा महानगरपालिका वडा नम्बर १७ को समन्वयमा १ हजार थान सर्जिकल माक्स, २सय २५थान साबुन, ७५ थान दन्तमन्जन र ३ सय ७५ थान टुथब्रस वितरण गरेको नौलो घुम्ती नेपालका अध्यक्ष खड्गबहादुर रानाभाटले जानकारी दिए ।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर १७ का वडा सदस्यहरु तारा परियार र शान्ता गुरुङ, नौलो घुम्ती नेपालका निवर्तमान अध्यक्ष मेहरमान श्रेष्ठ, सचिव मीनाकुमारी गुरुङ, कोषाध्यक्ष मंगल नेपाली, कार्यकारी निर्देशक अनेस गुरुङ, लघु उद्यम विकास अधिकृत नेहा शाही, गुड नेर्बस इन्टरनेस्नलका टुपेन्द्र खुलाल, प्रगतिटोल विकास संस्थाका सल्लाहकार कमल पुन, सचिव सरस्वतीबासी लगायतका वक्ताले बोलेका थिए ।
कार्यक्रममा जनस्वास्थ्य सहायक सुस्मिता आचार्य र हेल्थ एसिस्टेन्ट क्षितिज गुरुङले कोभिड १८ बाट जोगिन अपनाउनु पर्ने उपाय, सरसफाइ तथा सन्तुलित आहारको महत्वका विषयमा सहजीकरण गरेका थिए ।
तपाईको प्रतिक्रिया