कास्कीमा २७ सहित प्रदेशभर थप ४४ जनामा कोरोना
समाधान संवाददाता
२०७७ असोज १४ गते १५:३८

समाधान संवाददाता, पोखरा
कास्कीमा २७ सहित प्रदेशभर ४४ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार ६ जिल्लाका ४४ जनामा कोरोना पुष्टि भएको हो ।
कास्कीका २७, बागलुङका ७, नवलपुरका ५, तनहुँका ३, गोरखा र लमजुङका १/१ जनामा कोरोना पोजेटिभ देखिएको प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए ।
कास्कीका सबै संक्रमित पोखरा महानगरपालिकाका हुन् । संक्रमण पुष्टि हुनेमा वडा प्रहरी कार्यालयका ७ प्रहरी पनि छन् ।
योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३९ सय १० पुगेको छ । तीमध्ये २७ सय ३५ संक्रमित निको भएका छन् भने ३३ जनाको मृत्यु भएको छ । कोरोनाबाट मृत्यु हुनेमा कास्कीका १०, गोरखा र नवलपुरका ६/६, तनहुँका ५, स्याङ्जाका ३, बागलुङ, म्याग्दी र लमजुङका १/१ जना छन् ।


सम्बन्धित







पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
पाल्पाली सहकारीको सेयर पुँजी पौने २ करोड ६१ लाख
सुशासन र निजी क्षेत्रको सुरक्षामा प्रतिबद्ध : प्रधानमन्त्री कार्की
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया