खानेपानी संस्थानका कर्मचारी वाग्लेविरुद्ध आरोप पत्र दायर

समाधान संवाददाता २०७७ असोज १४ गते १७:१०

समाधान संवाददाता, पोखरा

घुस सहित रंगेहात पक्राउ परेका खानेपानी संस्थान विन्ध्यवासिनी इकाई कार्यालयमा कार्यरत कर्मचारी कृष्णहरि वाग्ले विरुद्ध आरोपपत्र दायर गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराले उनी विरुद्ध विशेष अदालत काठमाडौंमा बुधबार आरोपपत्र दायर गरिएको हो ।

Advertisement

उनी विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ बमोजिम २५ हजार रुपैयाँ बिगो माग गरिएको छ ।

वाग्ले भदौ २५ गते २५ हजार घुस सहित रंगेहात पक्राउ परेका थिए ।

Advertisement

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराले उनलाई बगर ट्याक्सीचोकस्थित १ रेष्टुरेन्टबाट नियन्त्रणमा लिएको थियो ।

प्रशासन अन्तर्गत सहायक पदमा कार्यरत वाग्ले करारका कर्मचारी हुन् ।

सेवाग्राहीको मिटरमा अस्वभाविक बिल उठेपछि मर्मत गर्नुपर्नेमा उनले घुस मागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको थियो ।

तपाईको प्रतिक्रिया