तिमल्सेनाको कविता संग्रह ‘खोजखाज’

समाधान संवाददाता २०७७ असोज १५ गते ७:५१

पोखरा

लामो समय त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गरेका डा. पशुपतिनाथ तिमल्सेनाका ३० को दशकमा लेखिएका कविताको कृति बजारमा आएको छ ।

तिमल्सेनाले २०३२ देखि २०३७ को अवधिमा लेखिएका ३७ कवितालाई संग्रहित गरेर ‘खोजखाज’ कवितासंग्रह (२०७७) बजारमा ल्याएका हुन् ।

Advertisement

जनकवि युद्धप्रसाद मिश्र, प्रगतिवादी कविता ः मान्यता र प्रवृत्ति, स्वच्छन्दतावादी कविता ः मान्यता र प्रवृत्ति, युद्धप्रसाद मिश्र र उनका कविता, नेपाली कविताको विवेचनालगायतका कृति प्रकाशित गरिसकेका तिमल्सेना पछिल्लो समय समीक्षा, समालोचना विधामा क्रियाशील छन् ।

कविता रुचिको विषय नबने पनि लेखिएका कविता बन्दाबन्दीलाई सदुपयोग गर्दै खोजखाज गरेर कृति प्रकाशन गरेको उनको दाबी छ ।

Advertisement

पृथ्वीनारायण क्याम्पसका पूर्व क्याम्पस प्रमुखसमेत रहेका तिमल्सेना विभिन्न सम्मान पुरस्कारबाट विभूषित भइसकेका छन् भने उनीसँग विभिन्न पत्रपत्रिका र कृति सम्पादनको अनुभवसमेत छ ।

तपाईको प्रतिक्रिया