ज्येष्ठ नागरिक भविष्यका मार्गदर्शक

समाधान संवाददाता २०७७ असोज १५ गते ९:५७

बद्रीप्रसाद वाग्ले

जन्मपछि मृत्यु अवश्यम्भावी छ । भौतिक शरीर मरेर गएपनि मानिसले गरेको कर्मले अजर, अमर रहन्छ भन्ने हाम्रो सामाजिक मूल्य र मान्यता छ ।

विभिन्न धार्मिक शास्त्रहरूमा समेत मानिसको कर्मले नै स्वर्ग र नर्कको वास निर्धारण गर्छ भनिएको छ । जसले मानिसलाई सत्कर्ममा प्रेरणा दिई जिवित हुँदै राम्रो कामबाट सुख सयल भोग गरिरहेको हुन्छ ।

Advertisement

मानव जीवनको विभिन्न उमेर समूहका चरणहरूलाई विभिन्न तरिकाले परिभाषित गर्ने गरेको पाइन्छ । विश्वका हरेक मुलुकमा कति उमेरकालाई के भन्ने आ–आफ्नै कानुन तथा नीति नियम हुन्छ ।

यसमा त्यस देशको आर्थिक, राजनीतिक र सामाजिक आदि कारणले प्रत्यक्ष, अप्रत्यक्ष रुपमा प्रभाव पारेको हुन्छ । हाम्रो देश नेपालमा भने ६० वर्ष उमेर पूरा भएका मानिसलाई ज्येष्ठ नागरिक भनिएको छ ।

Advertisement

सन् १९९१ देखि हरेक वर्ष अक्टोवर १ मा अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउने गरिन्छ । त्यसैले हामीले ३० औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस विभिन्न कार्यक्रमका साथ मनाउँदै छौं ।

ज्येष्ठ नागरिकहरुलाई सम्मान र अधिकारमा पुहँच पु¥याउने उद्देश्यका साथ संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वभर यो दिवस मनाइने गरिन्छ ।

नेपालको विसं २०६८ सालको जनगणनामा ज्येष्ठ नागरिकको संख्या ८.१३ प्रतिशत पुगेको देखिन्छ । जुन करिब २१ लाखको हाराहरीमा हुन आउँदछ ।

नेपालको संविधानमा धारा ४१ मा ज्येष्ठ नागरिकको हक अन्तर्गत ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुनेछ भनेर ज्येष्ठ नागरिकलाई कानुनी रुपमा संरक्षण गरेको छ ।

विसं २०५८ सालको जनगणनामा ६० वर्ष भन्दा माथिको जनसंख्या ६.५ प्रतिशत थियो यसरी नेपालमा ज्येष्ठ नागरिकहरूको संख्या बढ्नुमा पोषण र स्वास्थमा आएको सुधारलाई प्रमुख कारणको रुपमा लिन सकिन्छ ।

सामाजिक क्षेत्रमा आएको परिवर्तन, सहर केन्द्रित बसाइँसराइँ र युवा शक्ति विदेश पलायनका कारणले हाम्रा ग्रामीण क्षेत्र खाली हुँदै गएका छन् भने ज्येष्ठ नागरिक उक्त खाली गुँड कुरिरहेका छन् ।

आफ्ना आमाबुवालाई देवता सरह मान्ने हाम्रो सामाजिक परम्परागत र मान्यता ‘मातृ देवो भवः पितृ देवो भवः’ को भावना अहिले निकै कमजोर भएको छ ।

जसले गर्दा ज्येष्ठ नागरिकलाई सम्मान गर्नुको साटो बोझको रुपमा लिन थालिएको छ । ज्येष्ठ नागरिक इतिहासका साक्षी, वर्तमानका प्रेरणा, आदर्श र सम्मान तथा भविष्यका मार्ग दर्शक हुन् । उनीहरूका जीवनका भोगाई एउटा खुला पाठशाला हो ।

जसले जीवनमा सही गलत छुट्याएर अघि बढ्नलाई सवै सन्ततीलाई दिशानिर्देश गर्दछ । त्यसैले ज्येष्ठ नागरिक प्रेरणाका श्रोत हुन् भन्ने भावना सबैमा ल्याउनु पर्दछ ।

नेपालको संविधानमा धारा ४१ मा ज्येष्ठ नागरिकको हक अन्तर्गत ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुनेछ भनेर ज्येष्ठ नागरिकलाई कानुनी रुपमा संरक्षण गरेको छ ।

ज्येष्ठ नागरिक सम्वन्धी ऐन २०६३ ले ज्येष्ठ नागरिकलाई सम्मान गर्नु सबैको कर्तव्य रहेको उल्लेख गरेको छ । अर्को तर्फ ज्येष्ठ नागरिलाई आफ्नो आर्थिक हैसियत अनुसार पालनपोषण तथा हेरचाह गर्नु परिवारका प्रत्येक सदस्यको कर्तव्य हुनेछ ।

नागरिकले आफ्नो अंश लिई परिवारबाट अलग बसेको वा बस्न चाहेको अवस्थामा बाहेक निजले चाहेको परिवारको सदस्यले आफ्नो साथमा राखी पालनपोषण गर्नु पर्नेछ, कसैले ज्येष्ठ नागरिकको इच्छा विपरीत निजलाई परिवारबाट अलग राख्न वा अलग बस्न बाध्य गराउनु हुँदैन ।

ज्येष्ठ नागरिक वा निजलाई पालनपोषण गर्ने परिवारको सदस्यको आर्थिक अवस्था कमजोर भएमा परिवारको अन्य सदस्यले त्यस्तो ज्येष्ठ नागरिकलाई आफूसँगै नराखेको भए पनि पालनपोषण तथा हेरचाहको व्यवस्था गर्नु पर्नेछ भन्ने समेत व्यवस्था छ ।

ज्येष्ठ नागरिकको हक अधिकार सुनिश्चितताका लागि यस क्षेत्रमा कार्यरत विभिन्न संघसंस्थाहरुले विभिन्न सचेतनामूलक अभियान चलाउँदै आएका छन् ।

मनमोहन अधिकारी प्रधानमन्त्री भएका बेला बृद्धबृद्धालाई मासिक भत्ता वितरण गर्ने कार्यक्रमले ज्येष्ठ नागरिकको सामाजिक सुरक्षामा महत्वपूर्ण परिवर्तन ल्याएको थियो ।

जसलाई अहिलेसम्म पनि नेपाल सरकारले ज्येष्ठ नागरिकका लागि सामाजिक सुरक्षा भत्तासहित अन्य सुविधा तथा अधिकारहरुको सुचिश्चिततालाई निरन्तरता दिँदै आएको छ । नेपाल सरकारबाट ज्येष्ठ नागरिकको सामाजिक सुरक्षाका लागि मासिक भत्ता, औषधी उपचारमा छुट हुँदै आएको छ ।

सार्वजनिक सवारी साधनमा ज्येष्ठ नागरिकका लागि कम्तीमा २ वटा सिट सुरक्षित राख्नु पर्ने र निजलाई यात्रु भाडादरमा कम्तीमा ५० प्रतिशत छुटपाउने, सेवा प्रदायक निकायले सार्वजनिक सेवा प्रदान गर्दा ज्येष्ठ नागरिकलाई प्रार्थमिकता दिनु पर्ने लगायतका सुविधा उपलव्ध गराए पनि पारिवार तथा समाजबाट नै ज्येष्ठ नागरिक अपहेलित भएका विभिन्न समाचार सार्वजनिक हुने गरेका छन् ।

प्रविधिले ल्याएको परिवर्तन तथा पश्चिमा सस्कृतिको प्रभावले हाम्रो धर्म संस्कृति मूल्य र मान्यता पनि प्रभावित हुने पुगेको छ । हाम्रा गाउँ घर क्रमश रित्तिदै गएका छन् । वयस्क सदस्य परिवारबाटै अलग भई छुट्टैबस्न रुचाउन थालेपछि संयुक्त परिवार विखण्डित हुन थालेको छ ।

बढ्दो उमेरसँगै मानिसमा उदासीपन, वैराग्यता लाग्छ भने स्वास्थ्यमा समेत नराम्रो असर पर्न सक्छ । जति उमेर ढल्कँदै गयो उमेरसँगै मानिस शारीरिक तथा मानसिक रुपमा समेत कमजोर हुन्छ भने उदासी र वैराग्यताले मानसिक रुपमा झन् शिथिल बनाउँदछ ।

ज्येष्ठ नागरिक आफ्नो थातथलोभन्दा बाहिर जान नचाहने तर युवा वर्ग विविध कारणले पलायन हुने परिपाटिले ज्येष्ठ नागरिकहरु एक्ला हुन थालेका छन् । जसले गर्दा उनीहरूको स्याहार, सम्भारमा समस्या आएको छ ।

समाज परिवर्तनको आधारस्तम्भ युवा वर्गको पलायनले गर्दा ज्येष्ठ नागरिकको सामाजिक तथा व्यवहारिक जीवनमा कठिनाई आएको छ ।

उनीहरुमा विभिन्न मानसिक, शारीरिक समस्या समेत देखिएका छन् । आधुनिकीकरणको बढ्दो प्रभावले हामीलाई एक अर्काबीच टाढा पु¥याएको छ भने एकात्मक परिवारको संख्या दिनानुदिन बढ्दै गएको छ । जसले गर्दा भोलिका दिनमा विकराल सामाजिक समस्या निम्त्याइज्येष्ठ नागरिक एक्लिदै गई घरहरु रित्ता हुने सम्भावना ज्यादा छ ।

बढ्दो उमेरसँगै मानिसमा उदासीपन, वैराग्यता लाग्छ भने स्वास्थ्यमा समेत नराम्रो असर पर्न सक्छ । जति उमेर ढल्कँदै गयो उमेरसँगै मानिस शारीरिक तथा मानसिक रुपमा समेत कमजोर हुन्छ भने उदासी र वैराग्यताले मानसिक रुपमा झन् शिथिल बनाउँदछ ।

बढ्दो उमेर र तनावले ज्येष्ठ नागरिकको अनुहार चाउरी पर्ने, छालामा सुख्खापन आउने, आँखा र कानको क्षमतामा कमी साथै पाचन प्रणालीमा समेत समस्या आउछ । त्यस्तै नशा तथा बाथको रोग लाग्ने, चाँडै बिर्सने बानी तथा ढाड, घुँडा, हाडजोर्नी दुख्ने समस्या समेत आउने स्वास्थ्य विज्ञले बताउने गरेका छन् ।

यस्ता समस्याहरू दिन प्रतिदिन बढ्दै गइरहेको हुँदा घर, परिवार, गाउँ, समाज स्थानीय तह तथा सरोकारवाला निकायले कसरी समाधान गर्न सकिन्छ भनी बेलैमा ज्येष्ठ नागरिकहरूलाई समाजमा सम्मानपूर्वक बाँच्नसक्ने वातावरण सिर्जना गर्नु आजको आवश्यकता हो ।

तपाईको प्रतिक्रिया