जबरजस्ती करणी आरोपमा वडासचिव पक्राउ
समाधान संवाददाता
२०७७ असोज १५ गते १३:२७

महोत्तरी
प्रहरीले जबरजस्ती करणी आरोपममा महोत्तरीमा एक वडासचिवलाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार महोत्तरीको भंगहा नगरपालिका– ९ स्थित मुसहरी टोलको एक दलित महिलालाई जबरजस्ती करणी गरेको आरोपमा वडासचिवलाई पक्राउ गरिएको हो ।
भंगहा– ९ का वडासचिव मिथिलेश यादवलाई बुधबार राति ९ बजे पक्राउ गरिएको हो ।
यादवले बजारबाट घर जाँदै गइरहेकी महिलालाई जबरजस्ती करणी गरेको पीडित महिलाले बताएपनि मेडिकल पुष्टि हुन बाँकी छ ।
स्थानीयका अनुसार वडासचिव यादव राति अत्यधिक मदिरा पिएका थिए । रासस
सम्बन्धित








मदिरा सेवनपछि विवाद हुँदा पोखराको भद्रकालीमा साथीको हत्या, एक जना पक्राउ
एमालेको ११औं महाधिवेशन भोलिदेखि, ओली र पोखरेल नेतृत्वको दौडमा
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा
समानुपातिकको प्रतिशत निर्धारण गर्न समिति गठन, ३ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया