थप १९११ जनामा कोरोना, मृतकको संख्या ५ सय नाघ्यो

समाधान संवाददाता
देशभर थप १९ सय ११ जना कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार योसँगै संक्रमितको कुल संख्या ७९ हजार ७ सय २७ पुगेको छ।
२४ घण्टामा ९ सय ६१ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या ५७ हजार ३८९ पुगेको छ। देशभर ५ हजार ७७ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।
मृतकको संख्या ५ सय बढी
नेपालमा कोरोना संक्रमित मृतकको संख्या ५ सय नाघेको छ। गत २४ घण्टामा ११ जना मृत्यु भएसँगै कोरोना संक्रमित मृतकको संख्या ५ सय ९ पुगेको छ।
६ जिल्लाका १ महिला र १० पुरुष गरी ११ संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
सुनसरीमा ५६, ५० र २७, काठमाडौंमा ७८ र ६८, भक्तपुरमा ६८, ललितपुरमा ४८ वर्षीय पुरुषको मृत्यु भएको छ। बाँकेमा ३४ वर्षीया महिला, रुपन्देहीमा ८०, ५५ र ४२ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
तपाईको प्रतिक्रिया