एमआई एन्ड्रोइड टिभी पोखरामा

समाधान सम्वाददाता, पोखरा ।
साओमीको एमआइको उत्पादन आकर्षक एन्ड्रोइड स्मार्ट टेलिभिजन सेटको पोखरामा बिक्री वितरण सुरु भएको छ ।
साओमी एमआइ एन्ड्रोइडको पोखरा महेन्द्रपुलस्थित माेबाइल टावरमा रहेकाे अधिकृत विक्रेता यन्त्र इन्टरनेशनल ट्रेड कन्सर्नले बुधबार गण्डकी प्रदेशभर बिक्री गर्ने गरी लन्चिङ गरेकाे हाे । बुधबारबाटै सो टिभीको बिक्री भैरहेको सञ्चालक मनोहर श्रेष्ठले जानकारी दिएका छन् । श्रेष्ठका अनुसार हाललाई ४३ इन्चका टेलिभिजन सेट उपलब्ध छन् ।
मोवाइलको स्थापित ब्राण्ड साओमी एमआइले एन्ड्रोइड अपरेटिभ सिस्टमबाटै चल्ने टेलिभिजन सेट बजारमा ल्याएको हो । यो टेभी सेटको रिमोटले आवाज चिन्न सक्छ र आवाज दिएकै भरमा इन्टरनेटमा दर्शकले हेर्न चाहेको सामाग्री खोजी गर्दछ ।
यो सेटमा सबै किसमका इनपुट पोर्टहरु समावेश छन् । आधुनिक र ग्राहकको चाहना बमोजिमको टेलिभिजन सेट भए पनि यसको मूल्य धेरै नभएको साउण्ड एण्ड भिजनका मनोहर श्रेष्ठले बताए । उनका अनुसार ४३ इन्चको सेटको मूल्य ३९ हजार ९ सय ९९ रुपैया छ । यसै हप्ता ५५ इन्च सिरिजका सेट पनि उपलब्ध हुने उनले जानकारी दिए ।
यी टिभीका सेटहरु पाेखराका अधिकांश इलेक्ट्राेनिक पसलहरुका अतिरिक्त महेन्द्रपुलकाे पाेखरा माेबाइल टावर सहित गण्डकी प्रदेशका सबै जिल्लाहरुमा उपलब्ध छ ।







पोखरा बचत सहकारीका बचतकर्तालाई उजुरी दर्ता गर्न प्रहरीको आह्वान
नागरिक समाज कास्कीले माग्यो सर्वपक्षीय राजनीतिक सम्मेलन
महायज्ञ सुरु नहुँदै मानव सेवा आश्रमलाई उल्लेख्य दाता
कोक्यापको कार्यशाला
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने
चियासँगै पाकिरहेको मञ्जुको सपना
तपाईको प्रतिक्रिया