बार्साकाे प्रभावशाली जित तर मेसीले गाेल गरेनन्

समाधान संवाददाता २०७७ असोज १६ गते ७:१२

एजेन्सी

१० खेलाडीमा सीमित भएको बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलको आफ्नो दोस्रो खेलमा प्रभावशाली जित दर्ता गरेको छ ।

लिग अन्तर्गत बिहीबार राति अवे मैदानमा भएको खेलमा बार्सिलोनाले सेल्टा डी भिगोलाई ३(० ले पराजित गरेको हो । बार्सिलोनाको जितमा आन्शु फाती र सर्गेइ रोबर्टोले गोल गरे । सेल्टा डी भिगोका लुकास ओलाजाले आत्मघाती गोल गरे ।

Advertisement

४२ औँ मिनेटमा क्लेमेन्ट लेङ्गलेट दोहोरो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएपछि बार्सिलोना १० खेलाडीमा सीमित भएको हो । त्यसअघि नै ११ औँ मिनेटमा फातीले गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । फिलिप कोन्टिन्होको पासमा फातीले गोल गरेका हुन् ।

५१ औँ मिनेटमा लियोनल मेस्सीको क्रस बललाई जोगाउने क्रममा सेल्टाका ओलाजाले आफ्नै पोस्टमा गोल गरे । रोबर्टोले इन्जुरी समयको पाँचौँ अर्थात ९५ औँ मिनेटमा गोल गरेपछि बार्सिलोना ३(० ले विजयी भयो ।

Advertisement

लिग अन्तर्गत बिहीबार राति नै भएका अरु खेलमा काडिजले एथ्लेटिको बिल्बाओ तथा सेभिल्लाले लेभान्टेलाई समान १(० ले पराजित गरेका छन् ।

तपाईको प्रतिक्रिया