डेढ महिनामा २ हजार ४ सय ५९ युनिट रगत संकलन

समाधान संवाददाता २०७७ असोज १६ गते ११:१९

गण्डकी, रासस

गण्डकी र धौलागिरि क्षेत्र अन्तर्गतका विभिन्न जिल्लामा क्रियाशील लायन्स क्लबको सक्रियतामा डेढ महिनाको अवधिमा २ हजार ४५९ युनिट रगत संकलन भएको छ ।

कोभिड–१९ को सङ्क्रमण रोक्न मुलुकमा भएको बन्दाबन्दीले रक्त सञ्चार केन्द्रमा रगतको अभाव भएपछि यस क्षेत्रका ५२ क्लबले रक्तदान कार्यक्रमलाई तीव्रता दिँदै आएका हुन् ।

Advertisement

गण्डकी प्रदेशका मनाङ र मुस्ताङबाहेक सबै जिल्लाका रक्त संकलन केन्द्रको प्राविधिक सहयोगमा रगत सङ्कलन गरिँदै आएको लायन्स क्लब अफ ३२५ ९विवान० का डिपार्टमेन्ट प्रमुख बालकृष्ण शर्माले जानकारी दिए ।

लायन्स क्लब अफ शान्ति स्तूपा चौतारीद्वारा पोखरा– १७ स्थित विरौटाचोकमा आयोजित रक्तदान कार्यक्रममा २६ युनिट रगत सङ्कलन भएको छ ।

Advertisement

क्षेत्रीय रक्त सञ्चार केन्द्रले सामुदायिक अस्पतालमा उपचाररत बिरामीलाई प्रतियुनिट रगत रु ५०० र निजी अस्पतालका बिरामीका लागि रु १ हजार लिने गरेको छ ।

जुन रकम प्रयोगशाला, प्रविधि, जनशक्तिलगायतको खर्च भएको केन्द्रले जनाएको छ ।

सरकारद्वारा सञ्चालन गरिएको स्वास्थ्य बीमामा रगतलाई पनि समावेश गरिनुपर्नेमा यस क्षेत्रका सर्वसाधारणले जोड दिँदै आएको छन् ।

तपाईको प्रतिक्रिया