मोबाइल चार्जमै राखेर भिडियो हेर्दा करेन्ट लागेर मृत्यु
समाधान संवाददाता
२०७७ असोज १६ गते ११:२०

रोल्पा
मोबाइल चार्जमै राखेर भिडियो हेर्दा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।
रोल्पाको सुलिनस्मृति गाउँपालिका–१ घोडागाउँका ४३ वर्षीय भरत नेपालीको ज्यान गएको हो ।
खाना खाएर छिमेकीको घरमा गएका नेपालीले मोबाइल चार्जमा राखेर भिडियो हेरिरहेका थिए ।
एक्कासि करेन्ट लागेर गम्भीर घाइते भएका नेपालीको उपचारका लागि प्यूठान लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक शंकर खड्काले जानकारी दिए ।
भारतमा मजदुरी गर्ने नेपाली कोरोनाका कारण रोजगारी गुमेपछि केही महिनाअघि मात्र घर फर्किएका थिए । रासस
सम्बन्धित









पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया