पैसा तिरेर परीक्षण गराएका पोखराका ७ जनामा कोरोना पुष्टि

समाधान संवाददाता २०७७ असोज १६ गते १५:३७
x]lnsK6/af6 z'qmaf/ b]lvPsf] kf]v/f ;x/sf] b[Zo . tl:a/ M k|bLk/fh jGt, /f;;

समाधान संवाददाता, पोखरा

पैसा तिरेर कोरोना परीक्षण गराएका पोखराका ७ जनामा कोरोना पुष्टि भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा ५ पुरुष र २ महिलामा कोरोना पोजेटिभ देखिएको हो ।

Advertisement

क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा पनि ४ जनामा कोरोना पुष्टि भएको छ ।

कन्ट्याक ट्रेसिङमा परेका स्याङ्जा र लमजुङका २/२ जनामा कोरोना संक्रमण देखिएको हो ।

Advertisement

योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३९ सय ८६ पुगेको छ । तीमध्ये २८ सय १ जना निको भएका छन् भने ३३ संक्रमितको मृत्यु भएको छ ।

कोरोनाबाट मृत्यु हुनेमा कास्कीका १०, गोरखा र नवलपुरका ६/६, तनहुँका ५, स्याङ्जाका ३, बागलुङ, म्याग्दी र लमजुङका १/१ जना छन् ।


तपाईको प्रतिक्रिया