पोखराको सेती खोँचमा खसेर युवकको मृत्यु, पहिचान खुलेन

समाधान संवाददाता २०७७ असोज १६ गते १७:४५

समाधान संवाददाता, पोखरा

पोखराको सेती नदी खोँचमा खस्दा १ जनाको मृत्यु भएको छ । शुक्रबार पृथ्वीचोक र रंगशाला जोड्ने चाइना पुलको खोँचमा खस्दा अन्दाजी २०/२२ वर्षका युवकको मृत्यु भएको हो ।

बिहान ९ बजे बाटोबाट खोँचमा मान्छे देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रवक्ता सुवास हमालका अनुुसार प्रहरीले उनलाई साढे १० बजे उद्धार गरेको थियो ।

Advertisement

अस्पताल पुर्‍याएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । ‘अनुसन्धान जारी छ, अहिलेसम्म नाम, थर केही खुलेको छैन,’ हमालले समाधानसँग भने ।

Advertisement

तपाईको प्रतिक्रिया