केसीका माग पूरा गर्न आग्रह

समाधान संवाददाता २०७७ असोज १७ गते ८:५१
Dr. Govinda KC Photo: THT File

समाधान संवाददाता, पोखरा

शान्तिका लागि नागरिक समाजको सञ्जाल पोखराले वरिष्ठ चिकित्सक गोविन्द केसीका जायज मागहरूको वार्ताद्वारा तत्काल समाधान खोज्न सरकारसँग आग्रह गरेको छ ।

विगतमा सरकारले केसीसँग गरेका सम्झौता यथाशीघ्र लागु गर्न माग राख्दै सञ्जालले उनको बिग्रँदो स्वास्थ्य स्थितिप्रति गम्भिर भई जीवन रक्षाको लागि अविलम्ब पहल गर्न नेपाल सरकारसमक्ष अपिल गरेको छ ।

Advertisement

सञ्जालका संयोजक विष्णुप्रसाद बरालले बुधबार प्रेस विज्ञप्ति जारी गरी नेपालको स्वास्थ्य–शिक्षा क्षेत्रमा सुधार, विगतमा सरकारले गरेको प्रतिबद्धताको पूर्ण कार्यान्वयन आग्रह गरेका छन् ।

‘भ्रष्टचारीहरुमाथि कारवाही गर्न लगायत विभिन्न माग राखी केसीले थालेकोसत्याग्रहको १६औं दिन भइसक्दा समेत सरकारले उहाँका मागहरू सम्बोधन गर्न उचित पहल गरेको छैन,‘ प्रेस विज्ञप्तिमा भनिएको छ, ‘सत्याग्रह शिक्षा–स्वास्थ्य क्षेत्रमा सुधार, राज्यको सामाजिक न्यायको दायित्व, चुस्त ब्यवस्थापन, सुशासन तथा विगतमा सरकार र उनीबीच भएको सहमतिको पूर्ण कार्यान्वयनको लागि हो ।’

Advertisement

विज्ञप्तिमा केसी १९ औं पटक सत्याग्रहमा बस्नुपर्ने अवस्था सिर्जना हुनु दुखद अवस्था भएको उल्लेख छ ।

डा.केसीलाई जुम्लाबाट काठमाडौं स्थानान्तरण गर्ने क्रममा नेसनल ट्रमा सेन्टरमा प्रहरीबाट भएको दुव्र्यवहार तथा केसीका मागहरुलाई सम्बोधनका लागि दबाव सिर्जना गर्न शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका नागरिकप्रति भएका अत्यधिक बल प्रयोग तथा गिरफ्तारीप्रति सञ्जालले चिन्ता जाहेर गरेको छ ।

विज्ञप्तिमा सर्वोच्च अदालतले निषेधित क्षेत्र लागु नगर्न दिएको अन्तरिम आदेशलाई समेत अवज्ञा गर्दै प्रहरी प्रशासनबाट भएका दमनले व्यक्तिको संविधानले प्रत्याभुत गरेको हिडडुल गर्ने, शान्तिपूर्ण भेला तथा प्रदर्शन गर्न पाउने मौलिक तथा स्वतन्त्राको हक प्रतिकुल कार्यहरुप्रतिघोर निन्दा तथा र्भसना गरिएको छ ।

तपाईको प्रतिक्रिया