चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि सुरु

भरतपुर, रासस
चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि सञ्चालनमा आएको छ । कोरोनाका कारण झण्डै ६ महिना ठप्प रहेको गतिविधि पुनः सञ्चालनमा आएको हो ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले हात्ती सफारी, जंगलवाक र पंक्षी दृश्यावलोकन खुला भइसकेको बताए । उनले भने, ‘जीप सफारीका लागि बाटो मर्मत गर्दैछौं, दशैंअघिसम्म सञ्चालनको तयारीमा छौं ।’
उनले आन्तरिक पर्यटक फाट्टफुट्ट आउन थालेको भन्दै क्रमशः अवस्था सहज बन्दै जाने बताए । निकुञ्ज अन्तर्गतका सामुदायिक वनमा भने यसअघि नै पर्यटकीय गतिविधि खुला भइसकेका छन् ।
निकुञ्जले राप्ती नदीमा डुंगा सञ्चालनका लागि ठेक्का प्रक्रिया पनि अघि बढाएको निकुञ्जका सूचना अधिकारी अशोक रामले जानकारी दिए । उनले पदयात्रा मार्गको झाडी सरसफाइको काम पनि भइरहेको बताए ।
असोज, कात्तिक महिना निकुञ्ज घुम्न राम्रो मौसम मानिन्छ । यस वर्ष पर्यटकीय गतिविधि शून्य छ । क्षेत्रीय होटल संघ चितवन सौराहाका अध्यक्ष दीपक भट्टराईले निकुञ्जले प्रवेश खुला गरेपछि पर्यटकीय क्षेत्र चलायमान हुने बताए ।
उनले दशैंतिहारमा आन्तरिक पर्यटक आउने आशामा सौराहाका व्यवसायी रहेको जानकारी दिए ।
सौराहामा छुट लगायतका प्याकेजका कार्यक्रम पनि घोषणा भएको उनले बताए ।
गत वर्ष १ लाख ८२ हजार ४३५ पर्यटकले चितवन राष्ट्रिय निकुञ्ज घुमेका थिए । यसमध्ये ८९ हजार ४४१ नेपाली, १४ हजार २३९ सार्क राष्ट्रका र ७८ हजार ७५५ जना अन्य देशका थिए ।
गत वर्ष पर्यटनबाट मात्र १९ करोड ९२ लाख ५५ हजार ६८१ रुपैयाँ कमाएको निकुञ्जको यस वर्ष आम्दानी शून्य छ । निकुञ्जले पर्यटक प्रवेश शुल्क र डुंगा शयरको बोलपत्रमार्फत राजस्व संकलन गर्ने गरेको छ ।
विक्रम संवत् २०३० सालमा स्थापना भएको चितवन राष्ट्रिय निकुञ्ज नेपालको प्रमुख पर्यटकीय गन्तव्यको निकुञ्ज हो ।









पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया