आइसियु र भेन्टिलेटरमा कुन प्रदेशमा कति बिरामी ?
समाधान संवाददाता
२०७७ असोज १७ गते १७:११

समाधान संवाददाता
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल आइसियुमा २ सय १७ र भेन्टिलेटरमा ३१ कोरोना संक्रमित छन् ।
प्रदेश १ मा २२, प्रदेश २ मा १७, वागमती प्रदेशमा ११६, गण्डकी प्रदेशमा ६, प्रदेश ५ मा ३७ र कर्णाली प्रदेशमा १६, सुदूरपश्चिम प्रदेशमा ३ कोरोना संक्रमितको आइसियुमा छन् ।
मन्त्रालयका अनुसार प्रदेश १ मा २, प्रदेश २ मा १, वागमती प्रदेशमा २४ र प्रदेश ५ मा ४ कोरोना संक्रमित भेन्टिलेटरमा छन् ।
पछिल्लो २४ घण्टामा २ हजार १२० कोरोना संक्रमित थपिएका छन् भने सोही अवधीमा ८ संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया