प्रधानमन्त्री ओलीलाई छैन काेराेना

समाधान संवाददाता २०७७ असोज १७ गते १७:५२

समाधान संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीको किचन क्याबिनेट अर्थात निकटस्थ ४ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएपनि उनलाई काेराेना नलागेकाे पुष्टि भएकाे छ ।

उनकाे विहीबार संकलन गरिएकाे परीक्षण रिपोर्ट नेगेटिभ आएको हाे ।

Advertisement

प्रधानमन्त्री निवासमा खटिएका दर्जन बढी सुरक्षाकर्मीहरूलाई कोरोना संक्रमण देखिएपछि प्रधानमन्त्री, स्वकिय सचिव इन्द्र भण्डारी,विकास विज्ञ गजेन्द्र थपलिया, प्रेस सल्लाहकार सूर्य थापा, राजनीतिक सल्लाहकार विष्णु रिमाललगायत कन्ट्याक्ट ट्रेसिङमा परेका थिए।

प्रधानमन्त्रीबाहेक उनीहरूको रिपोर्ट पोजेटिभ आएको छ। प्रधानमन्त्रीसँग भेट गर्दा पनि सामाजिक दुरी कायमै गरेर भेटघाट र छलफल गरिने भएकाले प्रधानमन्त्री संक्रमणबाट जाेगिएकाे बालुवाटार श्राेतले बताएकाे छ ।

Advertisement

दुवै मृगाैला फेरेका प्रधानमन्त्रीलाई काेराेना संक्रमण उच्च जाेमिख हुन्छ । यस अघि उनकाे सुरक्षामा खटिएका १५/२० जना सुरक्षाकर्मीलाई पनि कोरोना देखिएको थियाे ।

तस्विर अर्काइभबाट

तपाईको प्रतिक्रिया