नयाँपुलमा स्कुटर दुर्घटना हुँदा स्याङ्जाका पुस्करको मृत्यु

समाधान संवाददाता २०७७ असोज १७ गते १७:५८

समाधान संवाददाता, पोखरा

कास्कीमा सवारी दुर्घटनामा परेर स्याङ्जाका एक युवकको मृत्यु भएको छ । अन्नपूर्ण गाउँपालिका ५ नयाँपुलको पक्की पुलको बारमा ठोकिँदा स्याङ्जाको आँधिखोला गाउँपालिका ६ का २६ वर्षका पुस्कर बस्नेतको मृत्यु भएको हो ।

ग १० प २१२२ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटना भएको हो ।
बस्नेतको सिर्जनाचोकस्थित मेट्रोसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । उनी स्कुटरको पछाडि बसेका थिए ।

Advertisement

चालक सोही स्थानका २५ वर्षका सन्तोष न्यौपाने भने घाइते भएका छन् । उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

तस्बिर – बस्नेतको फेसबुकबाट

Advertisement

तपाईको प्रतिक्रिया