कालिगण्डकीका पहिरो पीडितलाई राहत

समाधान संवाददाता २०७७ असोज १८ गते १०:२३

समाधान संवाददाता, स्याङ्जा

कालिगण्डकी गाउँपालिकामा पहिरोमा परी निधन भएकाका परिवारलाई शनिबार राहत प्रदान गरिएको छ । असोज ८ गते गौतमडाँडा र असार ३० गते खहरेमा पहिरोले पुरिएर मृत्यु भएका परिवारलाई राहत प्रदान गरिएको हो ।

पहिरो पीडित परिवारको घरमै पुगेर भूमि यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले राहत प्रदान गरेकी हुन् । मन्त्री अर्यालले असोज ८ गते मृत्यु भएका १७ वर्षीय विष्णु दमैको परिवालाई संघको तर्फबाट २ लाख, प्रदेश सरकारको ५० हजार र सहकारी संघको तर्फबाट ४० हजार राहत प्रदान गरिन् ।

Advertisement

यस्तै पहिरोले घर क्षति पुगेको औमाया नेपालीलाई २० हजार र अन्य ३ परिवारलाई ५÷५ हजारको दरले मन्त्री अर्यालले सहयोग गरेकी हुन् ।

यस्तै गत असार ३० गते पहिरोमा परेर मृत्यु भएका ४ जनाका परिवारलाई संघकारी संघका तर्फबाट २०÷२० हजार र विस्थापित ४ परिवारलाई १५÷१५ हजार राहत मन्त्री अर्यालले प्रदान गरेकी हुन् ।

Advertisement

मन्त्री अर्यालले मृतक परिवार र विस्तापित परिवालाई माया गर्दै आश्यक सहयोग गर्न सबैलाई आग्रह गरिन् । पहिरोले प्रभावित परिवारको घर निर्माण गर्न सरकार इट्टा बन्ने भन्दै मन्त्री अर्यालले सरकार सहयोग गर्न कुनै कन्जुस्याइँ नगर्ने बताइन् ।

जग्गा नभएकालाई जग्गा खोजेर नै घर बनाइदिने उनले प्रतिबद्धता जनाइन् । उक्त अवसरमा जिल्ला समन्वय समिति प्रमुख सीता सुन्दास, गाउँपालिका अध्यक्ष खीम थापा लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया