जिपीका ५ कर्मचारीमा कोरोना पुष्टि
समाधान संवाददाता
२०७७ असोज १८ गते १३:०१

समाधान संवाददाता, पोखरा
तनहुँको जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास केन्द्रका ५ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
शुक्लागण्डकी नगरपालिका ५ मा रहेको केन्दका ५ जनामा आज कोरोना देखिएको हो ।
१ डाक्टर, सुरक्षाकर्मी, अनमी, काउन्टर कर्मचारी र आर्थिक प्रशासनका कर्मचारीमा कोरोना देखिएको अस्पतालका कार्यकारी निर्देशक डा. रामकुमार श्रेष्ठले बताए ।
ल्याबमा कार्यरत २५ वर्षीया महिलाको ट्रेसिङमा परेपछि परिक्षण गर्दा कोरोना पुष्टि भएको हो ।
ती महिला बिदामा आफ्नो घर काठमाडौँ गएर फर्किएपछि कोरोना पुष्टि भएको थियो ।
ती कर्मचारीमा कोरोना देखिएपछि अस्पताल ४ दिनअघि नै सिल गरिसकिएको छ । अहिले जिपीको आइसोलेसनमा ३२ जना छन् ।
हालसम्म केन्द्रबाट १ सय ७६ जनाले केन्द्रमा उपचार गराएर घर फर्किसकेको अस्पतालले जनाएको छ ।
सम्बन्धित








मदिरा सेवनपछि विवाद हुँदा पोखराको भद्रकालीमा साथीको हत्या, एक जना पक्राउ
एमालेको ११औं महाधिवेशन भोलिदेखि, ओली र पोखरेल नेतृत्वको दौडमा
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा
समानुपातिकको प्रतिशत निर्धारण गर्न समिति गठन, ३ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया