जिपीका ५ कर्मचारीमा कोरोना पुष्टि

समाधान संवाददाता २०७७ असोज १८ गते १३:०१

समाधान संवाददाता, पोखरा

तनहुँको जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास केन्द्रका ५ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

शुक्लागण्डकी नगरपालिका ५ मा रहेको केन्दका ५ जनामा आज कोरोना देखिएको हो ।

Advertisement

१ डाक्टर, सुरक्षाकर्मी, अनमी, काउन्टर कर्मचारी र आर्थिक प्रशासनका कर्मचारीमा कोरोना देखिएको अस्पतालका कार्यकारी निर्देशक डा. रामकुमार श्रेष्ठले बताए ।

ल्याबमा कार्यरत २५ वर्षीया महिलाको ट्रेसिङमा परेपछि परिक्षण गर्दा कोरोना पुष्टि भएको हो ।

Advertisement

ती महिला बिदामा आफ्नो घर काठमाडौँ गएर फर्किएपछि कोरोना पुष्टि भएको थियो ।

ती कर्मचारीमा कोरोना देखिएपछि अस्पताल ४ दिनअघि नै सिल गरिसकिएको छ । अहिले जिपीको आइसोलेसनमा ३२ जना छन् ।

हालसम्म केन्द्रबाट १ सय ७६ जनाले केन्द्रमा उपचार गराएर घर फर्किसकेको अस्पतालले जनाएको छ ।

तपाईको प्रतिक्रिया