स्वास्थ्य मापदण्ड पालनामा लापरवाही

बागलुङ, रासस
सार्वजनिक सवारीमा स्वास्थ्य तथा सुरक्षा मापदण्डको पूर्ण पालना नभएको पाइएको छ ।
यातायात व्यवस्था, जिल्ला प्रशासन कार्यालय, प्रहरीलगायतको टोलीले अनुगमन गर्दा चालक र यात्रुबाटै लापरवाही भइरहेको भेटिएको हो ।
टोलीले शनिबार बागलुङ–पर्वतको सीमास्थल मालढुङ्गा र शुक्रबार बागलुङ नगरपालिका–३ रातामाटास्थित मध्यपहाडी पुष्पलाल लोकमार्गमा अनुगमन गरेको थियो ।
कुल एक सय ५५ सवारीसाधनको अनुगमन गरिएकामा २३ दशमलव ४८ प्रतिशतले ५० प्रतिशतभन्दा बढी यात्रु राखी भौतिक दुरी कायम नगरेको पाइएको हो ।
यस्तै ७.०६ प्रतिशत यात्रु र ४७ दशमलव ०६ प्रतिशत चालक/सह–चालकले मास्क प्रयोग नगरेको, १५ दशमलव ६७ प्रतिशत सवारीसाधनमा सेनिटाइजरको व्यवस्था नभएको, शत प्रतिशत चालक/सह–चालकले भाइजर र पञ्जा प्रयोग नगरेको यातायात व्यवस्था कार्यालयका प्रमुख पारसिँह थापाले बताए।
‘सार्वजनिक, निजी दुवै यातायातका साधनमा अझै पनि स्वास्थ्य मापदण्डको पूर्ण पालना भइरहेको छैन’, उनले भने,‘अनुगमनसँगै चालक र यात्रुलाई स्वास्थ्य सुरक्षा सम्बन्धी सचेतना पनि प्रदान गरिरहेका छौँ ।’
प्रमुख थापाका अनुसार कतिपय चालकले यात्रुबाट तोकिएभन्दा बढी भाडासमेत असुल्ने गरेको भेटिएको छ ।
बढी यात्रु बोकेका, कागजात नभएका, बढी भाडा लिएका सवारीचालकलाई न्यूनतम जरिवाना गर्ने गरिएको कार्यालयले जनाएको छ ।
कर नुबझाएका र कागजात नवीकरण नगरेका चालकलाई कार्यालयमा उपस्थित हुन लगाइएको छ ।
अनुगमनका क्रममा मास्क, स्वास्थ्य तथा सुरक्षा मापदण्ड सम्बन्धी पर्चासमेत वितरण गरिएको थियो ।
कोरोना महामारीलाई दृष्टिगत गरी सरकारले ल्याएको सार्वजनिक यातायात सञ्चालन निर्देशिका–२०७७ ले तोकेका सात वटा सूचकका आधारमा अनुगमन गर्ने गरिएको छ ।
निर्देशिकाले सिट क्षमताको ५० प्रतिशत यात्रु राख्नुपर्ने, एक पङ्क्तिको सिटमा एक जनामात्र यात्रु राख्नुपर्ने, सबै यात्रुले मास्क लगाउनुपर्ने, यात्रु चढ्ने बेलामा ढोकामा र सवारीसाधनभित्र सेनिटाइजरको व्यवस्था गर्नुपर्ने मापदण्ड तोकेको छ ।
यस्तै चालक तथा सह–सहचालकले मास्क, भाइजर र पञ्जा लगाउनुपर्ने, सवारीसाधनलाई दैनिक रुपमा निसङ्क्रमित गर्नुपर्ने र भाडादरमा अधिकतम थप ५० प्रतिशतसम्म भाडा लिन सकिने व्यवस्था छ ।









कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
जनप्रिय क्याम्पसको गरिमा कायम राख्छुः राजेन्द्र
व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया