नाडालकाे अर्काे सहज जित, पुगे क्वाटर फाइनलमा
समाधान संवाददाता
२०७७ असोज १८ गते १८:४९

एजेन्सी
कीर्तिमानी खेलाडी राफेल नाडाल फ्रेन्च ओपन ग्रान्डस्लामको क्वार्टरफाइनल पुगेका छन्। नाडालले आइतबार भएको खेलमा सेबास्टियन कोर्डालाई ६-१, ६-१ र ६-२ को सोझो सेटमा हराए।
नाडाल फ्रेन्च ओपनका सर्वाधिक विजेता हुन्। उनले हालसम्म १३ पटक यो प्रतियोगिता जितेका छन्। उनी सर्वाधिक एकल ग्रान्डस्लाम जित्ने पुरुष खेलाडीका रुपमा रोजर फेडेररले बनाएको २० उपाधिको कीर्तिमान बराबरी गर्ने प्रयासमा छन्। फेडेररले यो वर्षको अस्ट्रेलियन ओपन खेलेपनि त्यसयता भने सहभागी छैनन्।
नाडालले हालसम्म १९ पटक एकल ग्रान्डस्लाम जितेका छन्। २० वर्षीय अमेरिकी खेलाडी कोर्डामाथि सुरुवातदेखि नै नाडाल हाबी बनेका थिए। नाडालले जारी संस्करणमा एक सेट पनि गुमाएका छैनन्।
सम्बन्धित









फागुन २१ को चुनाव सर्दैन, सफल पार्ने उपाय खोजौँ : प्रधानमन्त्री कार्की
दलहरूलाई आयोगको २० बुँदे निर्देशन : प्रत्यक्षतर्फ एकतिहाइ महिला उम्मेदवार अनिवार्य
नवप्रवेशी कर्मचारीलाई सेवा प्रवेश तालिम
चर्को आवाज निकाल्ने बाइक चालक पक्राउ
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
तपाईको प्रतिक्रिया