गण्डकीमा संक्रमितको संख्यामा रेकर्ड, आज थपिए १६० संक्रमित

समाधान संवाददाता २०७७ असोज १८ गते १८:५९

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेशमा आज अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित थपिएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आइतबार १ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसअघि सबैभन्दा धेरै ६ असारमा १ सय ८ जनामा कोरोना पुष्टि भएको थियो । आज नवलपुरमा १ सय, तनहुँमा २८, बागलुङमा १८, लमजुङमा ६, कास्कीमा ४, स्याङ्जा र गोरखामा २/२ जना संक्रमित थपिएको निर्देशनालयले जनाएको छ ।

Advertisement

योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४१ सय ७५ पुगेको छ ।

कुल संक्रमितमध्ये २८ सय ८२ जना निको भएका छन् भने ३४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कास्कीका १०, नवलपुरका ७, गोरखाका ६, तनहुँका ५, स्याङ्जाका ३, बागलुङ, म्याग्दी र लमजुङका १/१ जना छन् ।

Advertisement

तपाईको प्रतिक्रिया