को हुन् सेती खोंचमा हामफाल्ने युवा ?

समाधान संवादाता, पोखरा
सेती नदीको खोंचमा शुक्रबार १ युवक घाइते अवस्थामा फेला परे । पृथ्वीचोकस्थित चाइना पुलमुनिनदी खोंचमा भेटिएका उनलाई प्रहरीले उद्धार गरेर पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्यायो ।
अन्दाजी १८/१९ वर्षका ती युवकको उपचारकै क्रममा मृत्यु भयो । तर २ दिनसम्म उनको पहिचान खुल्न सकेको छैन । पहिचान हुन नसकेपछि आफूहरुले ती युवकको तस्बिर सार्वजनिक गरे पनि कोही सम्पर्कमा नआएको कास्कीका प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले बताए ।
‘शरीरमा कुनै चोटपटक छैन । आत्महत्या गरेको अनुमान छ,’ उनले भने । वडा प्रहरी कार्यालय बैदाम र सशस्त्र प्रहरी गण मुख्यालय पोखराबाट खटिएको टोलीले ती युवकको उद्धार गरेको थियो ।
यस्तो छ हुलिया
वर्ण गहुँगोरो, मझौला शरीर, खैरो टिसर्ट लगाएको, कालो बक्सपाइन्ट लगाएको, बायाँ कानमा कालो टप लगाएको, उचाइ ५ फिट, उमेर अन्दाजी १८/१९ वर्ष
मृतक युवाको तस्बिर हेर्न यहाँ क्लिक गर्नुहोस् ।









गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री
पोखरा कलेजमा तालिम
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया