को हुन् सेती खोंचमा हामफाल्ने युवा ?

समाधान संवाददाता २०७७ असोज १८ गते २१:०१

समाधान संवादाता, पोखरा

सेती नदीको खोंचमा शुक्रबार १ युवक घाइते अवस्थामा फेला परे । पृथ्वीचोकस्थित चाइना पुलमुनिनदी खोंचमा भेटिएका उनलाई प्रहरीले उद्धार गरेर पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्‍यायो ।

अन्दाजी १८/१९ वर्षका ती युवकको उपचारकै क्रममा मृत्यु भयो । तर २ दिनसम्म उनको पहिचान खुल्न सकेको छैन । पहिचान हुन नसकेपछि आफूहरुले ती युवकको तस्बिर सार्वजनिक गरे पनि कोही सम्पर्कमा नआएको कास्कीका प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले बताए ।

Advertisement

‘शरीरमा कुनै चोटपटक छैन । आत्महत्या गरेको अनुमान छ,’ उनले भने । वडा प्रहरी कार्यालय बैदाम र सशस्त्र प्रहरी गण मुख्यालय पोखराबाट खटिएको टोलीले ती युवकको उद्धार गरेको थियो ।

यस्तो छ हुलिया

Advertisement

वर्ण गहुँगोरो, मझौला शरीर, खैरो टिसर्ट लगाएको, कालो बक्सपाइन्ट लगाएको, बायाँ कानमा कालो टप लगाएको, उचाइ ५ फिट, उमेर अन्दाजी १८/१९ वर्ष

मृतक युवाको तस्बिर हेर्न यहाँ क्लिक गर्नुहोस् ।

तपाईको प्रतिक्रिया