चेन्नईकाे शान, १० विकेटले विजयी

एजेन्सी
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत गएराति भएको खेलमा चेन्नाई सुपर किंग्सले गज्जबले कमब्याक गर्दै १० विकेटको शानदार जित हासिल गरेको छ ।
पछिल्ला ३ खेलमा लगालग हारेकाे चेन्नई अंक तालिकाकाे पुच्छारमा थियाे । तर आइतबार रातीकाे खेलले उसले साविककाे उपविजेताकाे शान कायमै राख्याे र फेरि पनि उपाधीका दावेदार हाैं भन्ने रवाफ देखायाे ।
किंग्स इलाभेन पन्जाबले दिएको १७९ रनको लक्ष्य पछ्याएको चेन्नाईले विना विकेटको क्षतिमा १७.४ ओभरमा पूरा पर्यो ।
चेन्नाइको जितमा ओपनरद्वय शेन वाटसन र फाप डु प्लेसिसले १८१ रनको साझेदारी गरे । वाटसनले ५३ बलमा ११ चौका र ३ छक्काको मद्दतमा ८७ रन बनाए । यसैगरी डुप्लेसिसले पनि ५३ बलमा ११ चौका र १ छक्काको मद्दतमा ८३ रन बनाए । वाटसन म्यान अफ द म्याच भए ।
महेन्द्र सिंह धोनी नेतृत्वको चेन्नाइको पाँचौं खेलमा यो दोस्रो जित हो भने पन्जाबको चौथो हार हो ।
यसअघि दुबई इन्टरनेशनल स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ७८ रन बनाएको थियो । केएल राहुलले सर्वाधिक ६३ रन बनाए । मयंक अग्रवालले २६, मन्दिप सिंहले २७ र निकोलस पुरनले ३३ रन बनाए । यसैगरी नटआउट हुँदै ग्लेन म्याक्सवेलले ११ र सर्फराज खानले १४ रन जोडे ।
बलिङतर्फ शार्दुल ठाकुरले २ तथा रविन्द्र जडेजा र पियुष चावलाले १–१ विकेट लिए ।







आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
गाँजा खेती वैधानिकीकरण विधेयक गण्डकी प्रदेश सभामा पेस
सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया