पार्किङबारे छलफल

समाधान संवाददाता २०७७ असोज १९ गते ८:२४

समाधान संवाददाता, पोखरा

पृथ्वीचोक बसपार्क स्थित हङकङबजारदेखि जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको कार्यालयसम्म जाने सडकको सवारी पार्किङबारे सरोकारवालाबीच अन्तत्र्रिmया भएको छ ।

समुदाय प्रहरी कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पोखरा ९ पृथ्वीचोकले कार्यक्रम गरेको हो ।

Advertisement

पोखरा महानगरपालिका वडा नम्बर ९ का अध्यक्ष रामराज लामिछानेले वडाको कार्यक्षेत्रमा पार्किङको व्यवस्थापनको लागि वडा कार्यालयले ध्यान दिने उल्लेख गरे ।

जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक सन्तोष रोकाले किनमेलमा आउने ग्राहकको सवारी र चाडपर्वको अवसरमा हुने भिडभाडले पार्किङ अव्यवस्थित हुने भएकोले छलफल चलाएको बताए ।

Advertisement

सेवा केन्द्रका अध्यक्ष विपीन अधिकारीले खाली रहेको खुल्ला नालीमाथि स्ल्याब हालेर ढलान गरी एकतर्फी पार्किङ गर्ने निर्णय भएको जानकारी दिए ।

स्ल्याब निर्माणका लागि संस्थाका अध्यक्ष विपीन अधिकारीको संयोजकत्वमा निर्माण समिति समेत गठन गरिएको सचिव कुमारीमुना बास्तोलाले जानकारी दिइन् ।

फाइल फोटो

तपाईको प्रतिक्रिया