हात्तीको आक्रमणबाट माहुतेको मृत्यु
समाधान संवाददाता
२०७७ असोज १९ गते १६:५६

नवलपुर, रासस ।
हात्तीको आक्रमणबाट एक माउतेको ज्यान गएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–१२ मा रहेको आइल्यान्ड जङ्गल रिसोर्टमा हात्तीले आक्रमण गर्दा वडा नं १० का ५६ वर्षीय माउते लोकबहादुर खजुवारको मृत्यु भएको हो ।
रिसोर्टमा पालिएको निजी हात्तीलाई पानी खुवाउन लैजाने क्रममा आज लोकबहादुरलाई हात्तीले आक्रमण गरेको थियो ।
हात्तीको आक्रमणबाट घाइते भएका उहाँको चितवनको भरतपुरमा रहेको चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा आज दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मृतकको शव परीक्षणका लागि भरतपुर अस्पताल लैजाने तयारी भइरहेको प्रहरी प्रवक्ता मोहनबहादुर खाँणले जानकारी दिनुभयो ।
सम्बन्धित









सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया