पोखरामा सुतेकै ठाउँमा महिला मृत फेला
समाधान संवाददाता
२०७७ असोज १९ गते १७:२१

समाधान संवाददाता, पोखरा
पोखरा ९ न्युरोडमा एक महिला मृत फेला परेकी छन् ।
रामेछाप घर भई पोखरा बस्दै आएकी ३५ वर्षीया कुमारी सुनार घरमै मृत फेला परेकी हुन् ।
राति सामान्य अवस्थामा नै सुतेकी श्रीमती मृत देखेपछि श्रीमान्ले प्रहरीलाई खबर गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रहरी नायव उपरिक्षक (डिएसपी) सुवास हमालका अनुसार उनको शरीरमा कुनै चोटपटकको डाम छैन ।
‘शरीरमा कुनै पनि प्रहारको डाम छैन, सामान्य मृत्यु हुन सक्छ । पोष्टमार्टमका लागि पठाएका छौँ,’ हमालले भने ।
सम्बन्धित
तपाईको प्रतिक्रिया