१३ औं हाइकिङ

समाधान संवाददाता २०७७ असोज २० गते ८:२८

समाधान संवाददाता, पोखरा

हाइकर्स क्लब नेपालले १३ औं संस्करणको हाइकिङ गरेको छ । ‘स्वास्थ्य र पर्यटनका लागि हाइकिङ’ भन्ने उदेश्यले स्थापना भएको हाइकर्स क्लब नेपालले १ वर्ष देखि कास्कीभित्रका गाउँहरु अवलोकन गर्दै हरेक महिनाको अन्तिम शनिबार हाइकिङ सञ्चालन गर्दै आएको छ ।

कोरोना महामारी र लकडाउनका कारण स्थगन भएको हाइकिङ पुनः सञ्चालन गरी निरन्तरता दिनपोखरा १७ र २१ को सिमाना दोबिल्लादेखि ग्रामीण बस्ती हुडिकोट, जिब्रेढुंगा हँुदै पोखरा ३३ भरतपोखरी सम्मको करिब ५ किमिको यात्रा गरी हाइकिङ भाग १३ सम्पन्न गरिएको छ ।

Advertisement

हाइकिङको टोलीलाई जिब्रेढुंगा सामुदायिक होमस्टेका पदाधिकारी र आमा समूहले निर्माणाधीन सामुदायिक भवनमा स्वागत गरे ।

हाइकिङको पूर्वसन्ध्यामा गरिएको औपचारिक कार्यक्रममा बोल्दै पोखरा महानगर पालिका वडा नम्बर ३३ का वडा अध्यक्ष शिवप्रसाद आचार्यले हरेक क्षेत्रमा निस्वार्थ कर्मको खाँचो रहेको जोड दिए । सचेत नागरिकले राजनीतिमा हस्तक्षेप गर्नुपर्ने खाँचो औँल्याए ।

Advertisement

कार्यक्रमका समाजसेवी भरत रायमाझीले आन्तरिक पर्यटनलाई बढुवा दिँदै ग्रामीण पर्यटनको प्रवद्र्धन गर्न हाइकिङ आवश्यक रहेको बताए ।

तपाईको प्रतिक्रिया