१३ औं हाइकिङ

समाधान संवाददाता, पोखरा
हाइकर्स क्लब नेपालले १३ औं संस्करणको हाइकिङ गरेको छ । ‘स्वास्थ्य र पर्यटनका लागि हाइकिङ’ भन्ने उदेश्यले स्थापना भएको हाइकर्स क्लब नेपालले १ वर्ष देखि कास्कीभित्रका गाउँहरु अवलोकन गर्दै हरेक महिनाको अन्तिम शनिबार हाइकिङ सञ्चालन गर्दै आएको छ ।
कोरोना महामारी र लकडाउनका कारण स्थगन भएको हाइकिङ पुनः सञ्चालन गरी निरन्तरता दिनपोखरा १७ र २१ को सिमाना दोबिल्लादेखि ग्रामीण बस्ती हुडिकोट, जिब्रेढुंगा हँुदै पोखरा ३३ भरतपोखरी सम्मको करिब ५ किमिको यात्रा गरी हाइकिङ भाग १३ सम्पन्न गरिएको छ ।
हाइकिङको टोलीलाई जिब्रेढुंगा सामुदायिक होमस्टेका पदाधिकारी र आमा समूहले निर्माणाधीन सामुदायिक भवनमा स्वागत गरे ।
हाइकिङको पूर्वसन्ध्यामा गरिएको औपचारिक कार्यक्रममा बोल्दै पोखरा महानगर पालिका वडा नम्बर ३३ का वडा अध्यक्ष शिवप्रसाद आचार्यले हरेक क्षेत्रमा निस्वार्थ कर्मको खाँचो रहेको जोड दिए । सचेत नागरिकले राजनीतिमा हस्तक्षेप गर्नुपर्ने खाँचो औँल्याए ।
कार्यक्रमका समाजसेवी भरत रायमाझीले आन्तरिक पर्यटनलाई बढुवा दिँदै ग्रामीण पर्यटनको प्रवद्र्धन गर्न हाइकिङ आवश्यक रहेको बताए ।









फेवा किनारमा १३ गतेबाट महोत्सव
महत्वाकांक्षी योजना, फितलो कार्यान्वयन
सम्पादकीय—मुस्ताङी स्याउः घटेको उत्पादन, बढेको दाम
अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस र विश्व माटो दिवस एकसाथ मनाइँदै
पोखरा सहकारीको ८८ करोड हिनामिना : अध्यक्ष गोदारसहित ८ जना पक्राउ
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
तपाईको प्रतिक्रिया