गण्डकीमा थप २ संक्रमितको मृत्यु, मृतक संख्या ३६ पुग्यो
समाधान संवाददाता
२०७७ असोज २० गते १२:२४

समाधान संवाददाता, पोखरा
गण्डकी प्रदेशमा थप २ कोरोना संक्रमितको मृत्यु भएको छ । गोरखा र नवलपुरका १/१ महिलाको उपचारको क्रममा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
गोरखाको बारपाक सुलिकोट गाउँपालिका–६ की ४५ वर्षीया महिलाको काठमाडौं र नवलपुरको कावासोती नगरपालिका ५ की ७७ वर्षीया महिलाको चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।
गोरखाकी महिलाको बयोधा अस्पताल, काठमाडौंमा १५ असोजमा मृत्यु भएपनि ढिलो गरी मृत्यु पुष्टि गरिएको हो । उनमा किड्नीको समस्या थियो । नवलपुरकी वृद्धामा पिसाब र श्वासप्रश्वासको समस्या थियो ।
योसहित गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३६ पुगेको छ । मृत्यु हुनेमा कास्कीका १०, नवलपुरका ८, गोरखाका ७, तनहुँका ५, स्याङ्जाका ३, बागलुङ, म्याग्दी र लमजुङका १/१ जना छन् ।
सम्बन्धित









फेवा किनारमा १३ गतेबाट महोत्सव
महत्वाकांक्षी योजना, फितलो कार्यान्वयन
सम्पादकीय—मुस्ताङी स्याउः घटेको उत्पादन, बढेको दाम
अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस र विश्व माटो दिवस एकसाथ मनाइँदै
पोखरा सहकारीको ८८ करोड हिनामिना : अध्यक्ष गोदारसहित ८ जना पक्राउ
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
तपाईको प्रतिक्रिया