पोखराका ६ सहित प्रदेशभर २१ जनामा कोरोना

समाधान संवाददाता, पोखरा
गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा मंगलबार ४ जिल्लाका २१ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
कोरोना पुष्टि हुनेमा नवलपुरका ११, कास्कीका ६, तनहुँका २, स्याङ्जा र गोरखाका १÷१ जना छन् । योसहित प्रदेशमा कोरोना संक्रमितको संख्या ४२ सय ६४ पुगेको छ ।
नवलपुरका संक्रमित कावासोती, गैंडाकोट र मध्यविन्दु नगरपालिकाका हुन् ।
कास्कीका संक्रमित सबै पोखरा महानगरपालिका, स्याङ्जाका भीरकोट नगरपालिका, तनहुँका व्यास नगरपालिका र देवघाट गाउँपालिकाका र गोरखाका संक्रमित सिरानचोक गाउँपालिकाका हुन् ।
संक्रमितमध्ये ३ हजार ४७ जना निको भएको निर्देशनालयले जनाएको छ । ३६ संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कास्कीका १०, नवलपुरका ८, गोरखाका ७, तनहुँका ५, स्याङ्जाका ३, बागलुङ, म्याग्दी र लमजुङका १/१ जना छन् ।










फागुन २१ को चुनाव सर्दैन, सफल पार्ने उपाय खोजौँ : प्रधानमन्त्री कार्की
दलहरूलाई आयोगको २० बुँदे निर्देशन : प्रत्यक्षतर्फ एकतिहाइ महिला उम्मेदवार अनिवार्य
नवप्रवेशी कर्मचारीलाई सेवा प्रवेश तालिम
चर्को आवाज निकाल्ने बाइक चालक पक्राउ
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
तपाईको प्रतिक्रिया