नायकको खोजीः कायरताको प्रदर्शन

समाधान संवाददाता २०७७ असोज २० गते १३:२९

मदन भण्डारी

‘निकै मान्छेहरु यान्त्रिकतापूर्वक खेतमा काम गरिरहेका छन् । कोही कसैसँग रिसाइरहेको छ । त्यहीँभित्र नायक, नायिका, खलनायक, खलनायिकाहरु व्यस्त छन् । तर, वास्तविक नायक त्यहाँ छैन !’

हातमा ‘तपाईं’ समातेर युटुबको समाचार हेर्दाहेर्दै मलाई ‘तपाईं’ कै भूमिकाको उल्लिखित पंक्तिले तान्यो ।

Advertisement

युटुबमा ‘क्रमिकता’को परिचर्चा गरिँदै थियो । नायकका रुपमा थाप्ले ठेकेदार र सहनायकमा प्रेमराजले उभिएर विमोचन गरे । रंगीन पत्रिका राम्रै देखियो ।

अध्यक्ष विदेश गए । त्यतिन्जेल संस्था भाँडिए जस्तो भयो । अध्यक्ष फर्के । अब त्यही अध्यक्ष नायक हो त ?

Advertisement

आजकल नायकको उस्तो महत्व हुँदैन । कथा, उपन्यास र फिल्ममा नायक ठम्याउन गाह्रो हुन्छ ।

थाप्ले नायक होइन । बरु, सबै पुरुष नायक हुन् । सबै महिला नायिका । १८/२० जना पुरुषका हुलमा ३/४ महिला कोही आफूलाई नायिका मान्न तयार छैनन् ।

गाउँ खाने कथाले भन्छ, ‘हिँड्दै छ पाइला मेट्दै छ के हो ? डुंगा चलेको !’ हो यतिबेला यस्तै हुँदैछ । हामी नेपालीहरु इतिहासलाई तुरुन्तै बिर्सन्छौं । नालापानीको इतिहासलाई कालापानीमा सम्झिन्नौं ।

सबै आफ्नो भूमिकालाई गौण ठान्छन् । केही पुरुषको मनोमानी चलेकै छ ।

डा. अघोरी र थाप्ले अलि मिलेका छन् । सिआइएका एकजना फुच्चे एजेण्टलाई दुवैले काँध हालेर बोके । उसले संस्थामा चढाएको रकमबारे अध्यक्षले कसैलाई थाहा दिएनन् ।

त्यहीँदेखि अध्यक्ष सीधै नायकबाट खलनायकमा झरे । फेरि त्यहाँ नायकको खोजी चल्दै छ ।

उतिबेलै केन्द्रको संसदमा एक जना महिलाको कोपभाजनमा परेर सभामुखले पदबाट राजीनामा गरेका थिए ।

पार्टीको आदेशको अवज्ञा गर्दै उपसभामुख तुम्बाहम्फेले सभामुखको दावी गरिन् । तिनी पुरुष सत्तासँग बलशाली ढंगले जुध्न खोजिन् ।

यसले राज्यसत्ता सञ्चालनमै खैलाबैला मच्चियो । नेपाली महिलाको ठूलै समूह तुम्बाहम्फेको पक्षधर भयो । स्वयं सम्माननीय राष्ट्रपति पनि महिला पहिलाको सोँचमा हुनुहुन्छ भन्ने हल्ला चल्यो ।

गाउँ खाने कथाले भन्छ, ‘हिँड्दै छ पाइला मेट्दै छ के हो ? डुंगा चलेको !’

हो यतिबेला यस्तै हुँदैछ । हामी नेपालीहरु इतिहासलाई तुरुन्तै बिर्सन्छौं । नालापानीको इतिहासलाई कालापानीमा सम्झिन्नौं ।

कोतको हत्या काण्डलाई पछिल्लो दरबार काण्डसँग दाँजेर बुझ्दैनौं ।

पश्चिमाहरुले कसरी हामीलाई हाम्रो इतिहास, भूगोल, संस्कार र संस्कृतिबाट विमुख पारिरहेका छन्; थोरै विश्लेषकहरु बताउँछन् तर हामी धेरै नेपाली लम्पट नायकको भर पर्छौं ।

नयाँ–नयाँ नायकको आविष्कार गर्छौँ । मदन भण्डारीको हत्यापछि राजा वीरेन्द्रप्रति आस्था जगायौं । वीरेन्द्रको वंशनाशपछि उदाएका नयाँ नायक कमरेड प्रचण्डप्रति ठूलो भरोसा गर्‍यौं । अहिले सायद हामी फेरि अर्को नायकको खोजीमा छौं ।

विप्लव ? हो, हामीले क्षीण आशा पालेका छौं । मन्त्री, विनाका पूर्व पति जेलमा छन् । कुमार पौडेलको वीभत्स हत्या भयो ।

पार्टीमाथि प्रतिबन्ध छ । हामी जनता दुब्लो आशा पालेर मरुभूमिको मृगले पानी खोजेझैँ नायक खोज्दैछौं ।

मृगले टल्केको बालुवालाई पानी भन्ठान्छ अरे । सानै संस्थाको अध्यक्षता जोगाउन ठूलो तहका ठेकेदार एकमुठी दूध खोज्ने बिरालो जस्तो शक्ति केन्द्रका अगाडि म्याउँ–म्याउँ गर्न पुग्छ ।

उपाध्यक्षसँग डाँको छोडेर पुनर्पद प्राप्तिको माग गर्छ । सरकारी पैसाले सेतो कागज रंग्याएर साहित्यको उन्नतिमा रमाउँछ । यस्तै साहित्यिक परिवेशमा हामी देवकोटा सम्झिन्छौं ।

२००४ सालको सरस्वती सदनको ऐतिहासिक साहित्यिक सभाको अध्यक्षता लक्ष्मीप्रसाद देवकोटाले गरेका थिए ।

३ दिने कार्यक्रमको अन्तिम दिन सभाध्यक्षले बोल्ने बेला मान्छेको थामी नसक्नु भिड लाग्यो । देवकोटा बोल्दै गए, मासले कान तिखार्दै गयो ।

जाडोको याम, रुघाग्रस्त देवकोटाका दुवै नाकका प्वाँलबाट पहेलो सिँगान लुत्त–लुत्त चुहिन थाल्यो ।

एकजना ठूलै साहित्यकारले आफ्नो रुमालले देवकोटाको सिँगान पुछिदिए । देवकोटाले सिँ गरेको सिँगान कुनै बहुमूल्य वस्तु जस्तै साथीले खल्तीमा राखे ।

यो वर्णन धेरै ठाउँ पढ्न पाइन्छ । आज हामी प्रायः सबभन्दा अदक्षलाई अध्यक्ष मान्छौं र उसले बोल्ने बेला दिग्दारीले अधैर्य हुन्छौं ।

अहिलेका यस्तै स्त्रीलम्पटलाई देखेर होला उहिल्यैका भानुभक्तले लेखेका थिएः

कोही जन त परस्त्रीमै रत हुनन् कोही त हिंसामहाँ
देहैलाई त आत्मा जानिरहनन् नास्तिक पशु झैँ तहाँ ।।

यस्तो पशुत्व देखेर मन विरक्त हुँदा चिनियाँ क्रान्तिकालका कथा पढ्न रुचाउँछु । युवाअवस्थामा पढिएका किताब आफ्नो उमेरसँगै थोत्रिए ।

अहिले नेपालमा पारपाचुकेको बलियो अधिकार महिलालाई प्राप्त छ । त्यो अधिकारको सदुपयोगले केही महिला स्वतन्त्र, स्वच्छ तर सकसपूर्ण जीवनयापन गर्दै अरुलाई संघर्षको पाठ पढाउँदै छन् । सकसबारे महावीर पुन भन्छन्, ‘सकस नै जीवनलाई माथि उठाउने सिँढी हो ।’

भोटाहिटीमा प्रगतिशील साहित्यिक पुस्तक पसल थियो, त्यहाँ किताब छान्दा पनि मन गौरवान्वित हुन्थ्यो ।

ती पुराना–पुराना किताबमध्ये ‘आफू जवान छँदाको कुरा’ ऊर्जाको ठूलो आधार बनेको थियो । चीनका विभिन्न क्षेत्रमा कार्यरत क्रान्तिकारी महिलाका संस्मरणहरु मानवीय मूल्यबोध गराउँछन् ।

‘स्वतन्त्रता र ज्ञानका लागि मेरो संघर्ष’ शीर्षात्मक लेखमा ल्यू आशिओङ लेख्छिन्, ‘मेरा दुईजना सहपाठी चाओ र छाङ्को विवाह भयो । आफ्ना लोग्नेसित दुवैजनाको ठ्याक मिलेन ।

छाङ्को लोग्नेले त अर्की रखौटीसमेत राख्यो । त्यतिखेर महिलालाई पार पाचुकेको माग गर्ने अधिकार थिएन । अवस्था दारुण थियो (पृ.३) !’

अहिले नेपालमा पारपाचुकेको बलियो अधिकार महिलालाई प्राप्त छ । त्यो अधिकारको सदुपयोगले केही महिला स्वतन्त्र, स्वच्छ तर सकसपूर्ण जीवनयापन गर्दै अरुलाई संघर्षको पाठ पढाउँदै छन् । सकसबारे महावीर पुन भन्छन्, ‘सकस नै जीवनलाई माथि उठाउने सिँढी हो ।’

रक्षा नेपालकी मेनुका लगायतले नेपालमा पुरुष वेश्या बढेको बताएका छन् । यस्तो बेला नायकको खोजी आफ्नै कायरताको प्रदर्शन हो ।

पूर्व श्रीमान्को नाम नागरिकतामा खुइल्याएर आफ्नै कामले आफ्नो नामले चम्काउनेहरु स्तुत्य छन् । अपसोच, गीता भट्टराईले हार स्वीकार गरिन् ।

जीताजी मिडियामा निकै तल झरेर प्रस्तुत भइन् । जीताजीको गल्ती ढाकछोप गर्न खोज्दा ज्ञानेन्द्र शाहीको बहादुरी कायरतामा परिणत भयो । यी प्रतिनिधि घटना हुन् । समाजमा यस्तो भइरहन्छ ।

थोरै तर प्रतिबद्ध मान्छेले नै समाज बदल्न सक्छ । लम्पट नायकको साहित्यिक साधना र अगुवाइले अनुजलाई सही मार्ग दर्शन गर्दैन ।

यस्तै कामबारे युद्धप्रसाद मिश्रले रविलाल अधिकारीको एउटा किताबमा भूमिका लेखेका छन्, ‘पदलोलुपता र दासताले तानिएका एवं प्रज्ञा प्रतिष्ठान वा अन्य संस्थानका पुरस्कारबाट तृप्ति पाउने भित्री आकांक्षाबाट निस्कने साहित्य, पत्रपत्रिकाहरु सहरबजारबाट निस्की सहरबजार भित्रै चक्कर काटेर थुप्रिन पुगेका छन् !’

ठेकेदारले ङिच्च–ङिच्चको आत्मरतिमा रमाउँदै कागज नपढ्ने ठालुका हातमा पत्रिका थमाउँदै गर्दा पनि प्रकाशन गृहमै थुप्रिने ती महँगा कागजका चाङ तिनै साहित्यकारलाई खिस्याइरहन्छन् ।

तिनै महँगो कागज भैयाहरुले सस्तोमा किन्छन् र चना चटपटे पोको पार्छन् । नक्कचरोलाई किञ्चित लाज हुँदैन ।

धरावासीको ‘तपाईं’ले तपाईंलाई नायक मान्छ । के हजुर नायक होइन् ? माथि ल्यू शाओचिको ‘रखौटी’ शब्द उद्धृत गरियो ।

अहिले प्रगतिवादी साहित्यिक धारमा रखौटी शब्द अत्यन्तै अप्रिय मानिन्छ तर त्यसलाई चिर्ने साहस थोरै महिलाले गरेका छन् ।

शारदा भुसालले ‘धरातल’ लेखेर, रोशनीले रिसकै आवेगमा भए पनि झ्वास्स मिडियामा बोलेर आँट देखाए । प्रेम सञ्जेलमाथि भौतिक आक्रमण गर्ने आमाहरुचाहिँ आमाकै कलंक हुन् ।

रक्षा नेपालकी मेनुका लगायतले नेपालमा पुरुष वेश्या बढेको बताएका छन् । यस्तो बेला नायकको खोजी आफ्नै कायरताको प्रदर्शन हो ।

तपाईको प्रतिक्रिया