लुम्बिनी प्रदेशकाे राजधानीसँगै देशमा नयाँ शहर विकास हुने

समाधान संवाददाता २०७७ असोज २० गते १७:५७

समाधान स‌ंवाददाता

अहिलेसम्म प्रदेश नम्बर ५ र राजधानी बुटबल भनेर पहिचान बनाएकाे नेपालकाे एउटा प्रदेशकाे नाम र राजधानी एकैचाेटी परिवर्तन भएकाे छ ।

प्रदेशकाे नाम लुम्बिनी भनेर लेखिदा राजधानी बुटबलबाट पश्चिम सरेकाे छ । नयाँ राजधानी न त कुनै शहर हाे न त भाैतिक पूर्वाधारले सम्पन्न स्थल । देश संघीयतामा गएसँगै पहिलाे पटक नयाँ शहरकाे विकास हुने भएकाे छ ।

Advertisement

राप्ती उपत्यकाकाे खाली स्थल भालुबाङ अब लुम्बिनी प्रदेशकाे राजधानीका रुपमा विकास हुनेछ । याे स्थान दाङ र अर्घाखाँचीकाे सिमावर्ती क्षेत्र पर्दछ ।

अहिलेसम्म अन्य राज्यले पुरानै शहरलाई राजधानी बनाएका छन् । यहाँ पनि बुटबललाई नै राजधानी बनाउने ठ्लाे लडाइ थियाे । तर अन्तत राप्ती नदीकाे किनारामा नयाँ शहर बन्ने भएकाे छ ।

Advertisement

प्रदेश सभालाई सम्बाेधन गर्ने क्रममा मुख्यमन्त्री शंकर पाेखरेलले पनि राप्ती नदीकाे किनारामा नयाँ सहर विकास हुने बताए । बुटबल यसै बिकसित शहर हाे, यसकाे विकास हुनबाट कसैले राेक्न सक्दैन भन्दै उनले प्रदेशकाे राजधानी साँच्चिकै व्यवस्थित शहर बनाउने दावी समेत गरे ।

मं‌गलबार प्रदेश सभाकाे बैंठकले मतदान गरेरै प्रदेशकाे नाम र राजधानी टुङ्ग्याएकाे हाे । प्रदेशकाे नाम लुम्बिनी राख्ने पक्षमा सत्तारुढ दल र प्रमुख प्रतिपक्ष दल एकै ठाउमा उभिए भने राजधानीकाे सवालमा भने बाँडिए ।

मतदान हुँदा लुम्बिनीकाे पक्षमा ७९ मत पर्याे भने विपक्षमा ४ मत पर्याे । त्यस्तै राजधानी भालुबाङकाे पक्षमा ६९ मत पर्दा विपक्षमा १३ मत खस्याे । प्रदेश सभामा ८७ जना सांसद मध्ये ८३ जना उपस्थित थिए ।

रुपन्देही र लुम्बिनी अञ्चलका सा‌ंसदहरुले समेत मतदान गरेपछि प्रदेश नम्बर ५ काे राजधानी दाङ र अर्घाखाँचीकाे सिमाना भालुबाङ ताेकिएकाे छ ।

मन्त्रिपरिषदमा याे प्रस्ताव परेदेखि नै रुपन्देही लुम्बिनका सबै दलका नेता तथा आम मानिससमेत आन्दाेलनमा उत्रिएका थिए । तर उनीकाे प्रयास असफल भयाे ।

मुख्खमन्त्री श‌ंकर पाेखरेल बुटबलाई वित्तीय राजधानी र भालुबाङलाई प्रदेश राजधानी बनाउने अडानबाट टसकाे मस भएनन् ।

प्रदेश सभामा दुइ तिहाई बहुमत प्राप्त नेकपाकाे संसदीय दलका नेता पाेखरेलले भालुबाङ कै पक्षमा मतदान गर्न ह्वीप जारी गराए । ह्वीप जारी भएपछि लुम्बिनी अञ्चल तर्फका सांसद पनि पक्षमै मतदान गर्न बाध्य भए ।

फल स्वरुप भालुवाङकाे पक्षमा ६९ मत पर्याे भने विपक्षमा १३ मत पर्याे । विपक्षमा मतदान गर्न कांग्रेसले ह्वीप जारी गरेकाे थियाे ।

तपाईको प्रतिक्रिया