नेकपाले डा. केसीलाई भन्याे–माग पुरा हुँदैछन्, अनशन फिर्ता लिनुस्

समाधान संवाददाता २०७७ असोज २० गते १९:३३

समाधाान संवाददाता

सरकारको नेतृत्व गरिरहेको नेकपाले डा. गोविन्द केसीलाई अनशन फिर्ता लिन आग्रह गरेको छ।

डा. केसीकाे अनशन बारेमा अाैपचारिक रुपमा पहिलाे पटक बाेल्दै नेकपाले यस्ताे आग्रह गरेकाे हाे ।

Advertisement

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले यसअघि सरकारसँग केसीले गरेको सम्झौता कार्यान्वयनको चरणमा रहेकाले अनशन फिर्ता लिन आग्रह गरेको हो।

विभिन्न दश बुँदे माग राखेर डा. केसी २३ दिनदेखि १९ औँ अनशनमा बसिरहेका छन्। नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले केसीसँग सरकारका तर्फबाट भेटेर आन्दोलन फिर्ता लिन आग्रह गरिएको जानकारी गराएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

Advertisement

मंगलबार मात्रै सरकारका तर्फबाट शिक्षा सचिव गोपी मैनालीले केसीलाई भेटेर आन्दोलन फिर्ता लिन आग्रह गरेका थिए।

बैठकले केसीसँग यसअघि भएका सहमति कार्यान्वयनको प्रक्रियामा रहेको र थप माग सम्बोधन गर्न अहिले कोरोनका कारण सिर्जित अवस्थाका कारण नसकिने भएकाले अनशन फिर्ता लिन आग्रह गर्ने निर्णय भएको श्रेष्ठले बताए।

बैठकपछि उनले भने, ‘डा. केसीको अनशनबारे प्रधानमन्त्रीले जानकारी गराउनुभयो। उहाँले उठाएको माग सम्बोधन गर्ने क्रममा छन्, त्यसैले अहिलको कोरोनाले अप्ठेरो पारेको, बहुआयामिक असर देखिएको अवस्थामा अनशन अन्त्य गर्न आग्रह गर्ने निर्णय भयो।’

तपाईको प्रतिक्रिया