समाजसेवा सम्मान तिमिल्सिनालाई

समाधान संवाददाता २०७७ असोज २० गते १९:५७

समाधान संवाददाता, पोखरा

देवीलाल सापकोटा स्मृति समाजसेवा सम्मान पोखरा २५ का शिक्षासेवी तथा समाजसेवी चूडामणि तिमिल्सिनालाई प्रदान गरिएको छ ।

लायन्स क्लब अफ पोखरा लालीगुराँसले सञ्चालन तथा व्यवस्थापनको लागि देवीलालको परिवारले क्लबमा १ लाख ११ हजार १ सय ११ रुपैयाँको अक्षयकोष स्थापना गरेको छ ।

Advertisement

लायन्स क्लब अफ ३२५ बी १ का डिष्टिक गभर्नर मनबहादुर रोका, संस्थापक परिवारका सदस्य हरिकला सापकोटा, केशवराज सापकोटा, प्रकाशचन्द्र सापकोटाले तिमिल्सिनालाई सम्मानपत्र र दोसल्ला प्रदान गरे ।

यसभन्दा अगाडि शिक्षासेवी गंगाबहादुर कुँवरलाई सो सम्मान प्रदान गरिएको थियो ।

Advertisement

गभर्नर रोकाले लायन्सले समाजसेवालाई प्राथमिकतामा राखेर काम गरेका उल्लेख गरे ।

देवीलालको स्मृतिमा पोखरा २५ हेमजास्थित दिव्यज्योति आधारभूत विद्यालयका ९९ विद्यार्थीलाई स्टेसनरी सामग्री वितरण गरिएको थियो ।

क्लबका अध्यक्ष भरतराज अधिकारी, संस्थापक अध्यक्ष केशवशरण पौडेल, प्रथम उपाध्यक्ष कपिलदेव शर्मा र सचिव वसन्त बास्तोलाले बोलेका थिए ।

तपाईको प्रतिक्रिया