विद्यालयलाई स्टेशनरी

समाधान संवाददाता, पोखरा
लायन्स क्लब अफ सेन्ट्रल गार्डेनले स्याङ्जाको फेदीखोेला गाउँपालिका भाटखोलाको शारदा रमणीयडाँडा आधारभूत विद्यालयलाई स्टेशनरी सामग्री प्रदान गरिएको छ ।
विद्यालयका पूर्व विद्यार्थी असफल गौतम, मीना रानाभाट र प्रमोद रानाभाटको पहलमा विद्यालयलाई सामग्री प्रदान गरिएको हो ।
विद्यार्थीका लागि ज्यामेट्रीबक्स, कपी, कलम, विद्यालयका लागि अक्सफोर्ड डिक्सनरी लगायतका पुस्तक, फोटोकपी पेपर, कोरोना सचेतना सामग्री, मास्क र सेनेटाइजर गरी २२ हजार रुपैयाँ बराबरको सामग्री प्रदान गरेको क्लवका अध्यक्ष असफल रानाभाटले जानकारी दिए ।
कार्यक्रममा जोन ९७ का चियर पर्सन विशाल सुवेदीले लायन्स क्लवले शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा सामाजिक काम गरेको बताए ।
क्लवका अध्यक्ष रानाभाट। निवर्तमान अध्यक्ष मीना रानाभाट, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष याम रानाभाट, विद्यालयका प्रधानाध्यापक दीपक रानाभाट, क्लवका संस्थापक अध्यक्ष हरि भाट, पूर्व अध्यक्ष कृष्ण रानाभाट, सचिव सुजित बिजुक्छे, क्लब मेम्बरसीप डाइरेक्टर तुल रानाभाटले लगायतले बोलेका थिए ।








समाधानलाई ‘राष्ट्रिय क’ वर्गको मान्यता
इन्जिनियरिङ पश्चिमाञ्चल क्याम्पसको प्रमुखमा डा. घिमिरे नियुक्त
एलिट ट्रफी क्रिकेट प्रतियोगिता ४ गतेदेखि हुने
म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
तपाईको प्रतिक्रिया