कोरोना परिक्षणमा ‘एन्टिजेन’ कीट प्रयोग

समाधान संवाददाता २०७७ असोज २१ गते १४:०५

समाधान संवाददाता

नेपालमा कोरोना परिक्षणमा ‘एन्टिजेन’ कीट प्रयोग गर्ने भएको छ ।

कोरोना सम्बन्धी गाइडलाइन परिवर्तन गर्दै सरकारले कोरोना परीक्षण ‘एन्टिजेन’ कीटबाट गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Advertisement

एन्टिजेन कीट कोरोना संक्रमितको संख्या बढिरहेको अवस्थामा जनमानसमा संक्रमण पहिचान गर्न राम्रो विकल्प मानिएको छ ।

एन्टिजेनलाई यसअघि विभिन्न इन्फ्लोइन्जा, श्वासप्रश्वास सम्बन्धी रोग पुष्टि गर्न प्रयोग गरिन्थ्यो ।

Advertisement

अहिले यसलाई कोभिड–१९ को पहिचानका लागि प्रयोग गर्न सकिने भन्दै अमेरिकाको राष्ट्रिय उपचार तथा श्वासप्रश्वास केन्द्रले अनुमति दिएको छ ।

एन्टिजेन टेस्टमा पीसीआर जस्तो समय नलाग्ने भएकाले यसलाई प्रभावकारी मानिएको छ ।

अस्पतालमा कुनै बिरामीको शल्यक्रिया गर्नुपर्ने भएमा यस विधिबाट परीक्षण गर्न सकिन्छ ।

तपाईको प्रतिक्रिया